१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २५ सोमबार
  • Friday, 05 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o बैशाख २५ सोमबार १३:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

ट्रेड युनियन कांग्रेस कञ्चनपुरको अध्यक्षमा पन्त निर्वाचित

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o बैशाख २५ सोमबार १३:oo:oo

नेपाल ट्रेड युनियन कांग्रेस कञ्चनपुरको अध्यक्षमा मालती पन्त निर्वाचित भएकी छिन्। ट्रेड युनियन कांग्रेस कञ्चनपुरको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनबाट पन्त अध्यक्षमा निर्वाचित भएकी हुन्।

सहमति नभएपछि अध्यक्षका लागि आइतबार निर्वाचन भएको थियो। मालती पन्तले आफ्ना प्रतिस्पर्धी निर्मला जोशीलाई ३२ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएकी हुन्। 

पन्तले एक सय ५१ र जोशीले एक सय १९ मत ल्याएकी थिइन्। तीन सय एक कुल मतदातामध्ये दुई सय ८४ मत खसेका थिए। नेपाल ट्रेड युनियन कांग्रेस कञ्चनपुरका नेता विकास श्रेष्ठले अध्यक्षसहितका केही पदमा सहमति नभएपछि चुनावी प्रक्रियाबाट टुंग्याइएको बताए।

उनका अनुसार वरिष्ठ उपाध्यक्षमा हरिस भट्ट, महिला उपाध्यक्ष मञ्जु गिरी, उपाध्यक्ष (सेवा) हरिप्रसाद जोशी, उपाध्यक्ष (अनौपचारिक) मधुसुधन जोशी, सचिव राजेन्द्र चुनारा, सहकोषाध्यक्ष कमला पन्त, सदस्य आशादेवी तिरुवा, ज्योत्सना खडका, दुर्गा फुलारा, भागरथी विष्ट, महिला संयोजक पुजा राना (मगर), सहसंयोजक मनरूपा शाही, युवा संयोजक ईश्वरी जोशी, सहसंयोजक पार्वती खत्री, प्रदेश प्रतिनिधिमा यशोदा खडका, देवी लोहनी, ईश्वरी भट्ट, कल्पना लेखक, जयन्ती विष्ट  यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।

यस्तैगरी, सहसचिवमा शंकर भण्डारी, लवदेव अवस्थी, कोषाध्यक्ष दीपकराज विष्ट, सहकोषाध्यक्ष कमला पन्त, खुला सदस्यमा तोयराज जोशी, धर्मराज जोशी, करन ऐर, दीपक धामी, धर्मराज पाण्डेय,खगेन्द्र धानुक निर्वाचित भएका छन्। 

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सुशीलकुमार भट्ट, हरिहर परियार, उदय साउद, पुण्यराज भट्ट, सन्तोषी साउद (ऐर), नितु भट्ट निर्वाचित भएका छन्। यस्तै, प्रदेश सभा सदस्यमा सुदर्शन भट्ट, खडकसिंह पाल, राजेन्द्रबहादुर ऐर,गणेश महर, लोकेन्द्रराम भट्ट, नारायणभक्त भट्ट, टेकबहादुर मल्ल, दीपेन्द्र देउवा, जयबहादुर  बुढाऐर, सिद्धराज बोहरा, जगदीशप्रसाद जोशी, पदमबहादुर खड्का निर्वाचित भएका छन्।

नेपाल ट्रेड युनियन कांग्रेस कञ्चनपुरको नवनिर्वाचित अध्यक्षमा मालती पन्तले ट्रेड क्षेत्रमा रहेका मजदुरको हकअधिकारका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन्। 

ad
ad
ad
ad