१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २५ सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २५ सोमबार o९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

‘पत्रकारको सुरक्षाका लागि सरकार प्रतिबद्ध छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २५ सोमबार o९:o९:oo

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । आइतबार आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह नै मान्यता प्रदान गरी संरक्षण र समर्थन गर्ने नीति लिएको प्रस्ट्याए । 

सरकारले प्रवाह गरिरहेको सरकारी विज्ञापनलाई विज्ञापन बोर्डमार्फत समानुपातिक र न्यायिक ढंगले वितरण गर्ने तयारी भइरहेको बताउँदै प्रचण्डले भने, ‘सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन, विज्ञापन बोर्डमार्फत न्यायिक ढंगले वितरण गर्ने व्यवस्थासहित प्रक्रिया अघि बढिसकेको छ । ज्येष्ठ पत्रकार र अपांगता भएका पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था मिलाइँदै छ । सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखी एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल अघि बढाइँदै छ ।’ 

नयाँ पत्रिकाकर्मी लम्सालसहित ६ जनालाई राष्ट्रिय पुरस्कार
राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सरकारले हरेक वर्ष प्रदान गर्ने राष्ट्रिय पत्रकारिता पुरस्कार– २०७९ बाट नयाँ पत्रिकाकर्मी गणेश लम्सालसहित ६ पत्रकार पुरस्कृत भएका छन् । पूर्वाञ्चल ब्युरो प्रमुख लम्साल दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।

पुरस्कार एक लाख रुपैयाँ राशिको छ । त्यस्तै, यस वर्षको वरिष्ठ पत्रकार सम्मानबाट वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष राजेन्द्र दाहाल र विज्ञापन बोर्डका सदस्य बलराम थापा पुरस्कृत भएका छन् । यो पुरस्कार दुई लाख रुपैयाँ राशिको छ । पुरस्कार पाउने अन्य पत्रकारमा अनिता बिन्दु, लक्ष्मी आचार्य, रामकृष्ण ज्ञवाली, गम्भीरा सहनी र अम्बिका दाहाल छन् । 

ad
ad
ad
ad