उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्वदेशी उत्पादन र प्रयोगलाई प्रवर्द्धन गर्न बजेटमा विशेष व्यवस्था गरिने बताएका छन्।
बिहीबार उद्यमी घरको शुभारम्भ एवं बृहत् मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन्। स्वदेशी उत्पादनको बजारीकरणका लागि उद्योग मन्त्रालय सदैव लागिपर्ने विश्वास दिलाउँदै मन्त्री रिजालले बजेटमा स्वदेशी उत्पादनको प्रवर्द्धनलाई विशेष व्यवस्था गरिने बताए।
विदेश भ्रमणका क्रममा नेपालको तर्फबाट लगिने उपहारमा नेपाली उत्पादनलाई नै प्रयोगमा ल्याउन मन्त्रिपरिषदमा पहल गर्नेसमेत उनले स्पष्ट पारे। नेपाली उत्पादनमार्फत नेपाली कला र शैलीलाई अन्तर्राष्ट्रिय जगतमा समेत परिचित गराउन मन्त्री रिजालले उद्यमीहरूलाई आग्रह गरे।