मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २१ बिहीबार
  • Tuesday, 17 December, 2024
२o८o बैशाख २१ बिहीबार १o:३४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार दिन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २१ बिहीबार १o:३४:oo

भक्तपुर नगरपालिका मेयर सुनील प्रजापतिले संघ, प्रदेश र स्थानीय तह आफैँमा स्वायत्त र स्वतन्त्र निकाय भएकाले अधिकारसम्पन्न बनाई कर्मचारी भर्नाको अधिकारसमेत दिनुपर्ने बताएका छन् । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशका अध्यक्ष सुरेशमान श्रेष्ठसहितको टोलीसँग बुधबार भएको भेटमा उनले यस्तो बताएका हुन् ।

उनले प्रदेश लोक सेवाबाट नियुक्त कर्मचारी र सरुवा भई आएका कर्मचारीको अवकाशपछिको निवृत्तिभरण वा उपदानलगायत सुविधा कसले व्यहोर्ने स्पष्ट हुनुपर्ने पनि बताए । स्थानीय तहमा कर्मचारी प्रदेश लोक सेवाले पठाउने व्यवस्था स्थानीय स्वायत्त शासन ऐन, ०५५ भन्दा पनि प्रतिगामी रहेको उनको भनाइ छ ।

‘स्थानीय सरकार भन्ने, तर कर्मचारीजति प्रदेश लोक सेवा आयोगले पठाउने व्यवस्थाले स्थानीय जनताको भावनाअनुसार काम हुन सक्दैन । स्वायत्तताको पूर्ण कार्यान्वयनका लागि कर्मचारी भर्नाको सम्पूर्ण अधिकार स्थानीय तहलाई नै दिनुपर्छ,’ उनले भने । शिक्षकलाई तलब खुवाउने काम स्थानीय तहबाट हुँदै आए पनि संघीय सरकारले जिल्ला शिक्षा समन्वय एकाइमार्फत नियन्त्रण गर्नखोज्नु गलत भएको उनको भनाइ छ ।