१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २१ बिहीबार
  • Wednesday, 26 June, 2024
२o८o बैशाख २१ बिहीबार o७:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

शेरचन हत्याका आरोपी तीनजना जेल चलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २१ बिहीबार o७:३९:oo

मुसिकोट नगरपालिका– ७ वामीमा होटेल सञ्चाल गर्दै आएकी ५८ वर्षीया गंगा भन्ने गोपालकुमारी शेरचनको हत्या आरोप लागेका तीनजना जेल चलान भएका छन् । मकवानपुरका लोकबहादुर दर्लामी, सिन्धुपाल्चोकका शिवबहादुर तामाङ र बाग्लुङका थम्मन घर्ती जेल चलान भएका हुन् ।

उनीहरूमाथि गत १५ माघमा शेरचनलाई प्लास्टिकको टेपले हातखुट्टा र मुख बाँधेर हत्या गरेको आरोप लागेको छ । हत्या भएको डेढ महिनापछि प्रहरीले बाग्लुङका घर्तीसहित तीनजनालाई पक्राउ गरेर अदालत पेस गरेको थियो । 

घर्तीको सहयोगमा हत्या गर्न मकवानपुर र सिन्धुपाल्चोकबाट दर्लामी र तामाङ आएको देखिएको छ । तीनैजना संगठित अपराधमा सहभागी भएको पाइएको छ । दर्लामीविरुद्ध ०६५ मा अपहरण तथा शरीर बन्धक कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरमा मुद्दा चलेको थियो । ०७५ मा चोरी तथा डाका कसुरमा इलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोकमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

तामाङविरुद्ध ०६२ मा डाका चोरी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुर र ०७८ मा अभद्र व्यवहार कसुरमा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा मुद्दा दर्ता भएको थियो । शेरचन हत्या घटनामा सहभागी एकजना अझै फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

ad
ad
ad
ad