मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २० बुधबार
  • Monday, 16 December, 2024
२o८o बैशाख २० बुधबार o७:५९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

वार्षिक प्रतिवेदन नबुझाउने सहकारीको अनुगमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २० बुधबार o७:५९:oo

भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिले वार्षिक साधारणसभाको प्रतिवेदन समयमा नबुझाएका चारवटा सहकारी संस्थाको अनुगमन गरेको छ । समितिले मंगलबार झिगु ख्वप बचत, कृष्ण बचत, त्रिपुरासीप विकास बचत र सम्पद बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थलगत अनुगमन र आवश्यक सुझाव, निर्देशन दिएको हो ।

अनुगमनका क्रममा सहकारी समितिका सदस्यहरूले सहकारी संस्थाहरूले समयमा मासिक तथा चौमासिक प्रतिवेदन नबुझाएको, संरक्षित पुँजी फिर्ता कोष बचत र ऋणको कारोबारका आधारमा गर्नुपर्नेमा सेयरका आधारमा वितरण गर्ने गरेको, सञ्चालक समितिको बैठक नियमित नबसेको, कार्यक्षेत्रभन्दा बाहिर गएर सदस्यता वितरण गर्ने गरेको, विभिन्न समिति–उपसमिति गठन नभएको भेटिएको बताएका छन् ।

यस्तै, सहकारीले हिसाबकिताब सफ्टवेयरमा राख्ने गरेको, तर प्रिन्ट निकालेर प्रमाणीकरण नगरेको, नागरिक बडापत्र सूचना पाटी नराखेको, सहकारी संस्थाले कर समयमा नतिरेको, लेखापरीक्षण समयमै नगरेको, सदस्यता वितरणमा सञ्चालक समितिको निर्णय नभएको, सहकारी मूल्य–मान्यताअनुसार सञ्चालन नभएकोलगायत समस्यासमेत पाइएको छ ।

अनुगमन समितिले समस्यालाई समयमै सम्बोधन गरी सहकारी मूल्य–मान्यताअनुसार सहकारी संस्था सञ्चालन गर्न निर्देशन दिएको नगरपालिकाले जनाएको छ ।