मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ११ सोमबार
  • Tuesday, 17 December, 2024
२o८o बैशाख ११ सोमबार १५:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बारा २ मा शिवचन्द्र अघि बढे, रमेश खरेल चौथो स्थानमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ११ सोमबार १५:२७:oo

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा २ को मतगणना चलिरहेको छ। दुई हजार ७४ मतगणना हुँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाह अघि बढेका छन्। उनले ५७ मतले जसपाका उपेन्द्र यादवलाई पछि पारेका छन्। 

शिवचन्द्रले ६ सय २८ मत ल्याउँदा उपेन्द्रले पाँच सय ७१ मत पाएका छन्। तेस्रो स्थानमा एमाले उम्मेदवार पुरुषोत्तम पौडेल छन्। उनले पाँच सय १० मत प्राप्त गरेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल दुई सय ३६ मतसहित चौथो स्थानमा छन्।

उपनिर्वाचनअन्तर्गत हिजो सम्पन्न मतदानमा ६६ हजार ७३८ मत खसेको थियो। यहाँ कुल एक लाख ५ हजार २४८ मतदाता छन्।