मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ११ सोमबार
  • Wednesday, 18 December, 2024
२o८o बैशाख ११ सोमबार १३:२४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जुम्लामा बहुउद्देश्यीय कभर्ड हल उद्घाटन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ११ सोमबार १३:२४:oo

जुम्लामा बहुउद्देश्यीय कभर्ड हल उद्घाटन गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले कभर्ड हलको उद्घाटन गरेका हुन्।

जिल्ला खेलकुद विकास समितिले ०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग जुम्लामा कभर्ड हल निर्माणका लागि बिन्तीपत्र चढाएको कार्यालय प्रमुख तथा भलिबल प्रशिक्षक बरमबहादुर महतले बताए। ‘त्यसपछि ०६४ मंसिर २७ गते बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि राखेपका तत्कालीन सदस्यसचिव जीवनराम श्रेष्ठले शिलान्यास गरेका हुन्,’ उनले भने।

सुरुमा १५ लाख बजेटमा कभर्ड हलको निर्माण कार्य थालनी भएको थियो। हल निर्माणमा जम्मा एक करोड ७१ लाख बजेट खर्च भएको जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख महतले बताए। यो हलभित्र भलिबल, ब्याडम्यान्टिन, कराँते, बक्सिङलगायतका इन्डोर खेल खेलाउने सकिन्छ।