१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मौलाकाली केबलकार १८ वैशाखदेखि सञ्चालनमा आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४७:oo

नवलपुरको गैँडाकोटदेखि मौलाकाली मन्दिरसम्म निर्माण भएको केबलकार १८ वैशाखदेखि सञ्चालनमा आउने भएको छ । मौलाकाली केबलकार प्रालिले प्रवद्र्धन गरेको मौलाकाली केबलकार १८ वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेपछि सञ्चालनमा ल्याउने तयारी गरिएको हो । 

केबलकारको परीक्षण सञ्चालन वैशाख १ गतेदेखि नै गरिएको कम्पनीले जनाएको छ । आइएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केबलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो । गैँडाकोट–१ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेको जनाइएको छ । केबलकारमार्फत बटम स्टेसनबाट टप स्टेसनसम्प पुग्न करिब पाँच मिनेटको समय लाग्ने कम्पनीले जनाएको छ । 

केबलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पूजाआजाका लागि जाने भक्तजनहरूका लागि सहज हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । केबलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० रुमको होटेल, ब्यांक्वेट हल र रेस्टुरेन्ट सञ्चालनमा रहने कम्पनीले उल्लेख गरेको छ ।  

केबलकार सञ्चालन भए पनि होटेल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने जनाइएको छ । नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको जनाइएको छ । 

आइएमई ग्रुपको मुख्य लगानी रहेको केबलकारसहितको नयाँ पर्यटकीय गन्तव्य निर्माण गरेर काठमाडौंको चन्द्रागिरिमा सञ्चालनमा रहेको छ । त्यसैगरी, यस ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केबलकार प्रालिद्वारा प्रवद्र्धित अर्को केबलकार परियोजना रुपन्देही जिल्लाको बुटवल बजारदेखि पाल्पाको वसन्तपुरमा निर्माणाधीन रहेको जनाइएको छ । उक्त केबलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

ad
ad