१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १० आइतबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १० आइतबार १o:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

आर्थिक समस्याको समाधान प्राथमिकतामा : अध्यक्ष ढकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १० आइतबार १o:४६:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक समस्याको समाधान नेपाल सरकार तथा निजी क्षेत्र दुवैको पहिलो प्राथमिकतामा रहेको र छिट्टै यसको समाधानको उपाय निस्कने बताएका छन् । 

नुवाकोट उद्योग वाणिज्य संघको १८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आफूले हालै सम्पन्न महासंघको ५७औँ वार्षिक साधारणसभामा अध्यक्षका रूपमा पदभार ग्रहण गर्दै गर्दा केही प्राथमिकता उल्लेख गरेको र त्यसमध्ये वर्तमान आर्थिक समस्याको समाधान उच्च प्राथमिकतामा रहेको बताए । 

‘यसबारे हाम्रो नयाँ कार्यसमितिले अर्थमन्त्रीज्यू, नेपाल राष्ट्र बैंकका गभर्नरज्यूलाई भेटेर यसको समाधानका उपायबारे छलफल गरिसकेको छ,’ उनले भने, ‘सरकार र नेपाल राष्ट्र बैंक वर्तमान आर्थिक समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक पाएका छौँ । अर्थमन्त्रीज्यू र गभर्नरज्यूले यसको समाधान गर्ने आश्वासन पनि दिनुभएको छ । यसको समाधानको उपाय छिट्टै आउने विश्वास हामीलाई छ ।’

ढकालले नुवाकोट जिल्ला संघीय राजधानीदेखि नजिक रहेको बताउँदै यहाँ कृषि, पर्यटन र जलस्रोतलगायत धेरै क्षेत्रकोे सम्भावना रहेको बताउँदै सम्भावित क्षेत्रमा आयोजनाहरू पहिचान गर्न सके त्यसमा पुँजी र प्रविधिको अभाव नहुने बताए । 

‘यहाँ पर्यटन, कृषि र जलविद्युत् कुन–कुन क्षेत्रमा लगानीको सम्भावना छ, परियोजना छनोट गर्नुहोस्,’ उनको भनाइ थियो, ‘व्यक्तिगत रूपमा वा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका रूपमा यहाँहरूसँग सहकार्य गर्न तयार छु ।’

ad
ad
ad
ad