१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १६ आइतबार ११:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

आँखालाई सुक्खा हुनबाट यसरी जोगाउन सकिन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार ११:o१:oo

सामान्य अवस्थामा प्रतिमिनेट झन्डै १२ देखि २० पटकसम्म आँखा झिम्किरहेको हुन्छ । तर, हामीले टिभी वा ग्याजेटअगाडि बस्दा लामो समयसम्म आँखा झिम्किरहेको हुँदैन । मिनेटमा एक वा दुईपटक मात्रै झिम्कन्छ । जो आँखाको स्वास्थ्यका लागि हानिकारक छ ।

यसले आँखालाई सुक्खा बनाउँछ । त्यसैले, घण्टौँसम्म टिभी वा ग्याजेटअगाडि बस्नुहुन्छ वा कार्यालयको काम गर्नुहुन्छ भने तपाईंले आँखाको सुरक्षाका लागि ‘२०–२० नियम’ फलो गर्न सक्नुहुन्छ । यस नियमले २० मिनेट कम्प्युटरमा बसेपछि तपाईंले २० सेकेन्ड आँखा चिम्लनु वा कम्तीमा २० फिट टाढा हेर्नु भन्छ । 

आँखा सुक्खा हुने, आँखाको आयल क्याप वा ग्रन्थि ब्लक हुने समस्या कम गर्न तपाईंले आई मसाज पनि गर्न सक्नुहुन्छ । त्यस्तै, चिकित्सकको सल्लाह लिएर मलम लगाउने, आईड्रप प्रयोग गर्ने तातो पानीले सेक्ने पनि गर्न सक्नुहुन्छ । 

मोबाइलको असरलाई कम गर्न ब्लु कट लेन्स पनि युज गर्न सकिन्छ । मोबाइलबाट आउने ग्रिन रेहरूलाई यसले कम गर्छ । शतप्रतिशत ब्लक नगरे पनि ९० प्रतिशतभन्दा धेरै ब्लक गर्छ । 

एसी वा फ्यान पनि सीधै आँखाकै अगाडि प्रयोग गर्नुहुँदैन । यसले पनि आँखा सुक्खा गराउँछ । भिटामिनयुक्त खाना जस्तै– हरियो सागसब्जी, गाँजर खाने गर्नुपर्छ । यसको कमीले पनि आँखा कमजोर हुन्छ । झोलिलो खानेकुरा धेरै खानुपर्छ । यसले आँखालाई हाइड्रेट गर्ने तथा आँखाका माध्यमबाट शरीरभित्र छिरेका टक्सिन पार्टिकललाई बाहिर निकाल्ने काम गर्छ । 

ad
ad
ad
ad