१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
२o८१ असार १८ मंगलबार १o:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिम्रौनगढका व्यापारी सिंहमाथि गोली प्रहारकाे प्रयास असफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार १o:१२:oo

बाराको महागढीमाईमा एक व्यापारीलाई अपरिचित व्यक्तिहरूले सडकमा रोकेर गोली प्रहार गर्ने प्रयास गरेका छन् । मोटरसाइकलबाट घरतर्फ जाँदै गरेका बारा सिम्रौनगढ नगरपालिका– ६ का बिज भण्डार सञ्चालक राजकिशोर सिंहलाई अपरिचित व्यक्तिहरूले महागढीमाई नगरपालिकाको तेलकुवानजिक कलैया–सिम्रौनगढ सडकखण्डमा गोली हान्ने उद्देश्यले सोमबार साँझ पेस्तोल सोझ्याएका हुन् । 

कलैयाबाट सिम्रौनगढ फर्कने क्रममा सिंहलाई दुई मोटरसाइकलमा सवार चारजना नकाबधारीले एकाएक बाटो छेकेर रोके। उनीहरूले कलैयाको हनुमान मन्दिरबाट नै सिंहलाई पछ्याउँदै आएको बताइएको छ। नकाबधारीहरूले घर यकिन गर्न सिंहको घर सिम्रौनगढ हो कि होइन भनेर प्रश्न गरेका थिए, तर सिंहले आफ्नो घर रौतहटको राजपुर बताएपछि उनीहरू अलमलिएका थिए ।  

हत्या योजनामा प्रयोग गरिएको हुन सक्ने सुटरहरूलाई योजनाकारले सिंह सिम्रौनगढ घर भएका व्यापारी बताएको हुन सक्ने अनुमान गरिएको छ । तर, उनले ढाँटेर आफ्नो घर रौतहटको राजपुर बताएपछि नकाबधारीहरूले छोडेकाे सिंहले बताए । 

नकाबधारी सुटरहरूलाई विश्वास दिलाउन सिंहले चलाखीपूर्ण रूपमा तत्काल आफ्नो साथीलाई मोबाइल फोनमार्फत आफ्नो घर राजपुर नै भएको पुष्टि गराएका थिए । उनका अनुसार सिंहले सिम्रौनगढ प्रहरीको ९८५५०४५२९९ मा फोन गर्ने बताएपछि नकाबधारीहरू भागेका हुन् । उनले भने, ‘सिम्रौनगढ प्रहरीको नम्बर सुन्नेबितिकै उनीहरू त्यहाँबाट भागे ।’ यता घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। 

दुई साताअघि मात्रै बाराको आदर्श कोतवाल गाउँपालिका– ३ बतरामा अज्ञात समूहको गोली प्रहारबाट कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख आदर्श कोतवाल गाउँपालिका– २ खजुरिया टोल बस्ने ५० वर्षीय हरिभूषण कुशवाहको हत्या भएको थियो भने यसअघि गत वर्ष कात्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ वर्षीय गुड्ड भनिने रुपेश सर्राफको पनि गोली प्रहार गरी हत्या गरिएको थियो ।

ad
ad
ad
ad