१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २० बिहीबार ११:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

कोलम्बियासँग बराबरीमा रोकिए पनि ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनल प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार ११:५१:oo

समूह चरणकाे अन्तिम खेलमा बराबरीमा राेकिए पनि ब्राजिल कोपा अमेरिका २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 
अमेरिकाको लेभिस स्टेडियममा नेपाली समयअनुसार आज बिहान भएको खेलमा कोलम्बियासँगको बराबरीपछि ब्राजिल कोपाको क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

कोलम्बियासँग बराबरीमा रोकिएपछि ब्राजिल समूहविजेता हुनबाट भने वञ्चित भएको छ। समूह चरणका तीन खेलबाट सात अंक बटुल्दै कोलम्बिया विजेता टोलीको रूपमा क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ। 

समूह चरणको अन्तिम खेलमा पाराग्वेलाई पराजित गरे पनि कोस्टारिका अघि बढ्न सकेन।

निर्णायक खेलमा ब्राजिल कोलम्बियासँग १–१ को बराबरीमा रोकिए। १२औँ मिनेटमै राफिन्हाले गोल गर्दै ब्राजिललाई खेलमा अग्रता दिलाएका थिए। तर, पहिलो हाफको इन्जुरी समयमा डेनियल मुनोजले कोलम्बियाका लागि बराबरी गोल गरे।

बाँकी अवधिमा दुवै टिमले गोल गर्न नसकेपछि खेल बराबरीमै सकियो। अब क्वार्टरफाइनलमा ब्राजिलले उरुग्वेको सामना गर्नेछ। यस्तै, कोलम्बियाले पानामासँग प्रतिस्पर्धा गर्नेछ।

यस्तै, डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इक्वेडरको सामना गर्दा क्यानडा र भेनेजुएलाले आपसमा प्रतिस्पर्धा गर्नेछन्।

ad
ad
ad
ad