१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १६ आइतबार ११:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यसरी लिऔँ योगको अधिकतम लाभ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार ११:३३:oo

योग गर्दा, आसन गर्दा श्वासप्रश्वासलाई ध्यान दिएर गर्नुपर्छ । आसन गर्दा पनि सचेत भएर गर्नुपर्छ । जति सचेत भएर गरिन्छ, त्यसले त्यति नै बढी फाइदा गर्छ । 

नियमित योगाभ्यासका धेरै फाइदा छन् । यसले शरीर स्वस्थ राख्छ । रोग प्रतिरोधी क्षमता बढाउँछ । तौल नियन्त्रणमा राख्छ । तनाव कम गर्छ । आत्मविश्वास बढाउँछ । मानिसको ध्यान शक्तिलाई बढाउँछ । नराकात्मक सोचबाट मानिसलाई टाढा राख्छ । योग गर्नेलाई राम्रो निद्रा लाग्छ । तसर्थ मानिसको स्वास्थ्य, व्यक्तित्व विकास र सकारात्मक स्वभावमा योगले ठूलो भूमिका खेलेको हुन्छ । 

पाचन प्रणाली मजबुत बनाउने, रोग लाग्न नदिने, हाड–जोर्नीसम्बन्धी समस्या कम गर्नेलगायत कार्यमा योगले भूमिका खेल्छ । यसका धेरै शारीरिक, मानसिक तथा भावनात्मक फाइदा छन् । शरीर र मस्तिष्कबीचको सन्तुलनलाई बलियो बनाएर समग्र स्वास्थ्यलाई सुदृढ बनाउँछ । योगले मानिसलाई भित्री शान्ति दिलाउँछ र आध्यात्मिक चेत विकास गर्न पनि महत्वपूर्ण भूमिका खेल्छ । 

यसले आत्मजागरण जगाउँछ । तर, सही समयमा सही विधिअनुसार योग गर्न सकिएन भने यसका साइड इफेक्ट देखिन सक्छन् । तसर्थ, कुनै पनि योगासन गर्नुअघि त्यसबारे आधारभूत कुराको जानकारी हुनुपर्छ । यसका लागि योग प्रशिक्षकसँग प्रशिक्षण लिनु सबैभन्दा राम्रो उपाय हो । 

समय : योग गर्नका लागि सूर्योदय र सूर्यास्तको समय उत्तम हुन्छ । खाना खाएपछि वा पानी पिएपछि तुरुन्तै योग गर्नुहुँदैन । खाना खाएको कम्तीमा तीन–चार घण्टापछि गर्नुपर्छ । 

स्थान : योग गर्न शान्त र स्वच्छ ठाउँको जरुरी हुन्छ । धुलोधुवाँ नभएको ठाउँमा गर्नुपर्छ । यसका लागि होहल्ला नहुने ठाउँ आवश्यक पर्छ । कौसी, खुला कोठा, बगैँचालगायत ठाउँमा योग गर्नु राम्रो हुन्छ । 

श्वासप्रश्वासमा ध्यान : योग गर्दा, आसन गर्दा श्वासप्रश्वासलाई ध्यान दिएर गर्नुपर्छ । आसन गर्दा पनि सचेत भएर गर्नुपर्छ । जति सचेत भएर गरिन्छ, त्यसले त्यति नै बढी फाइदा गर्छ । 

शारीरिक अवस्था : योग गर्नुअघि आफ्नो शारीरिक अवस्था बुझेर गर्नु राम्रो हुन्छ । खासगरी भर्खर शल्यक्रिया गरिएको मान्छेले योग गर्नुहुँदैन । अन्य स्वास्थ्य समस्या देखिएका मानिसले कुन योगासन गर्ने भनेर प्रशिक्षकसँग सल्लाह लिनुपर्छ । किनकि, सबै आसन सबैका लागि उपयोगी हुँदैनन् । 

प्रशिक्षण : आफैँ जथाभावी योग गर्दा राम्रो नतिजा नआउन सक्छ । गुरुको निर्देशनअनुसार योगाभ्यास सुरु गर्नुस् ।  योग गर्नुअघि मनलाई स्वच्छ राख्नुस्, खराब कुरालाई दिमागबाट निकाल्नुस् । धैर्य र दृढतापूर्वक योगाभ्यास गर्नुस् । 

योगका फाइदा 

  • तनाव कम हुन्छ
  • पूर्ण निद्रा लाग्छ 
  • पाचन प्रणालीमा सुधार हुन्छ 
  • रक्तसञ्चारमा सुधार आउँछ 
  • आत्मविश्वासमा वृद्धि हुन्छ
  • शरीरमा अक्सिजनको मात्रा बढ्छ, रोग प्रतिरोधात्मक क्षमता विकास हुन्छ 
  • जोर्नीको समस्या कम हुन्छ
  • दिमाग तीक्ष्ण हुन्छ
  • कार्यक्षमता वृद्धि गर्छ 
  • श्वासप्रश्वासको गति नियन्त्रण गर्छ
  • सकारात्मक सोचको विकास हुन्छ
ad
ad
ad
ad