१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १६ आइतबार ११:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार ११:४५:oo

पहिले–पहिले घर बनाउँदा इन्टेरियर डिजाइनलाई खासै ध्यान दिइँदैन थियो । तर, आजकल नक्सा पास गर्नुअघि नै इन्टेरियर डिजाइनको कन्सेप्ट पनि तयार गर्न थालिएको छ । घरका कोठा कस्तो बनाउने भनेर पहिल्यै योजना बनाउँदा खर्च पनि कम हुन आउँछ र भविष्यमा आफ्नो घर कस्तो हुनेछ भन्ने विषयमा पनि जानकारी मिल्छ । बजारमा आफ्नो रोजाइअनुसारका सामग्री चयन गर्न पनि सहज हुन्छ । 

इन्टेरियर डिजाइन हरेकको जीवनशैलीसँग सम्बन्धित हुन्छ । सफा चिटिक्क कोठा, त्यहाँ आउने प्राकृतिक प्रकाश र हावाले धेरैलाई ऊर्जावान् बनाउँछ । घर निर्माण गर्दा वास्तुविज्ञानलाई पनि उत्तिकै ध्यान दिन जरुरी हुन्छ । अधिकांश इन्टेरियर डिजाइनरले वास्तुअनुसार नै घरको डिजाइन गरेका हुन्छन् । 

रङ संयोजन 
रङको संयोजन निकै महत्वपूर्ण हुन्छ । आकर्षक देखाउन भित्ताको रङसँग फर्निचर, कार्पेट, पर्दा र अन्य सामानलाई म्याचिङ गर्नुपर्छ । 

फर्निचर
हिजोआज आकर्षक र आरामदायी फर्निचरको प्रयोग बढेको छ । मानिसहरू सोफा सेट, डाइनिङ सेट, टेबुल, कुर्सी, दराजलगायत फर्निचरलाई फरक र नयाँ लुक्स दिन चाहन्छन् । तर, धेरै फर्निसिङ गर्दा कोठाको स्पेसलाई ख्याल गर्न जरुरी छ । धेरै फर्निचर राख्दा भद्दा पनि देखिन सक्छ । घरको थिमअनुसार फर्निसिङमा ध्यान दिनुपर्छ । क्लासिक वा मोडर्न कस्तो डिजाइन दिने हो त्यहीअनुसार योजना बनाउनुपर्छ ।

पर्दा
पर्दा पनि रुमको कलरसँग मिल्न जरुरी छ । बेडसिटलाई पनि रुमको कलरअनुसार मिलाउनुपर्छ । लिभिङ रुममा सोफा पनि कलर म्याच गर्ने राख्नुपर्छ । 

मोडुलर किचेन
भान्सामा आजकल प्रायः मोडुलर किचेन प्रयोग हुन्छ । ढलान गरेर बनाइने स्ल्यापभन्दा यो आधुनिक डिजाइन सजिलो छ । यस्तो डिजाइनले निकै आकर्षक र स्पेस पनि धेरै निस्कन्छ । 

वालपेपर
वालपेपरले कोठालाई सुन्दर देखाउन महत्वपूर्ण भूमिका खेल्छ । बजारमा बजेटअनुसार विभिन्न डिजाइन र गुणस्तरका वालपेपर पाइन्छन् । आफ्ना इच्छाअनुसार पनि बुट्टा भर्न सकिन्छ । फोटो प्रिन्ट गरेर राख्ने चलनसमेत छ । आफ्नो मुड र कोठाको हिसाबले जुनसुकै डिजाइन रोज्न सकिन्छ । घरको लोकेसन र लाइटअनुसार ‘वालपेपर’को छनोट जरुरी हुन्छ । प्रकृतिप्रेमीले प्राकृतिक दृश्य भएका, बालबालिकाको कोठामा कार्टुन प्रिन्ट भएका ‘वालपेपर’ टाँस्न सकिन्छ । 

प्रकाश
प्राकृतिक प्रकाश छिर्ने गरी घरका कोठाको डिजाइन गर्नु राम्रो हुन्छ । नेचुरल लाइटले इनर्जी दिन्छ । कृत्रिम प्रकाशलाई पनि आवश्यकताअनुसार आकर्षक र डेकोरेटेड बनाउन सकिन्छ । 

फ्लोरिङ
भुँइमा के बिछ्याउने भन्ने पनि उत्तिकै महत्वपूर्ण छ । आवश्यकताअनुसार स्टोन फ्लोरिङ, टायल मार्बल, पार्केटिङलगायत गर्न सकिन्छ । बजारमा राम्रा डिजाइनका कार्पेट पाइन्छन् । तर, दीर्घकालसम्म टिक्ने र सहज हुने सामग्री चयन गर्नुपर्छ । 

इन्डोर प्लान्ट
इन्डोर प्लान्टहरू राखेर कोठालाई स्वच्छ बनाउन सकिन्छ । यसले प्राकृतिक लुक्स पनि दिन्छ र अक्सिजन पनि पर्याप्त उपलब्ध हुन्छ । 

वास्तु यसरी मिलाउनुस् 

प्रवेशद्वार : उत्तर वा पूर्वमा राख्दा राख्नु राम्रो हुन्छ । यसले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्छ । 

बैठक कोठा : बैठक कोठा पश्चिम–उत्तरमा राख्नु राम्रो हुन्छ । 

मास्टर बेडरुम : मास्टरबेड रुम अर्थात् घरका अभिभावक बस्ने कोठा दक्षिण–पश्चिममा राख्नु राम्रो हुन्छ । सिरानी पूर्व पार्नु राम्रो हुन्छ । 

किचेन : दक्षिण–पूर्वमा किचेन राख्नु राम्रो हुन्छ । 

बच्चाको रुम : बच्चाको रुम उत्तर–पूर्वमा राख्नु राम्रो हुन्छ । 

पूजा कोठा : उत्तर–पूर्वमा राख्नु राम्रो हुन्छ ।

ad
ad
ad
ad