१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १८ मंगलबार ११:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार ११:१३:oo

एक हजारदेखि १२ सय किलोमिटरसम्म गुडिसकेपछि बाइकको मोबिल फेर्नुपर्छ । लामो समयसम्म मोबिल नफेर्दा इन्जिनमा समस्या आउन सक्छ । गुणस्तरीय मोबिल छनोट गरेर हाल्नुपर्छ ।

त्यस्तै, बाइक सर्भिसिङ गर्दा एयर फिल्टर जाँच गर्नुपर्छ । कडाखाले एयर फिल्टरलाई सर्भिसिङ गर्दा परिवर्तन गर्नुपर्छ । फोम एयर फिल्टरलाई सफा गर्न सकिन्छ । तर, धेरै फोहोर भइसकेको छ भने यसलाई पनि परिवर्तन गर्नुपर्छ । 

सर्भिसिङका क्रममा कार्बोरेटर पनि जाँच गरिन्छ । कार्बोरेटरले इन्जिनलाई आवश्यकताअनुसार हावा र इन्धन पु¥याउने काम गर्छ । मोटरसाइकल कुद्नका लागि यसले इन्जिनलाई शक्ति दिन्छ । 

ब्रेकको जाँचमा ध्यान दिन जरुरी छ । डिस्क ब्रेकवाला मोटरसाइकलमा ब्रेक आयल पनि चेक गर्नुपर्छ । इन्जिनको पावरलाई पछाडिको पांग्रासम्म पु¥याउने काम चेनले गर्छ । त्यसैले यसलाई सफा राख्नुपर्छ । सफा गरेपछि यसमा हल्का ग्रिज लगाउनुपर्छ । 

सर्भिसिङका क्रममा फ्युलपाइप पनि चेक गरिन्छ । फ्युलपाइप जाम भएको वा प्वाल परेको भए फेर्नुपर्छ । फ्युल लाइनमा अवरोध हुँदा इन्धन चुहिने, इन्धन सर्कुलरमा असर पुगेर स्टार्ट नहुने, बीचबीचमा बाइक बन्द हुनेलगायत समस्या देखिन्छन् । 

टायरको एयर प्रेसर जाँच गर्नुपर्छ । हावा कम वा धेरै हुँदा पनि बाइकको माइलेजमा असर गर्छ । एयर प्रेसरलाई समय–समयमा जाँच गरिराख्नुपर्छ । 

ad
ad
ad
ad