१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २० बिहीबार ११:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार ११:३१:oo

सहरी क्षेत्रमा साइकल गुडाउँदा हेल्मेट र मास्क अनिवार्य लगाउनुपर्छ । हेल्मेटले टाउकोको सुरक्षा गर्छ, त्यस्तै मास्कले प्रदूषणबाट जोगाउँछ । धुलो–धुवाँ धेरै उड्ने ठाउँको साटो तपाईंले प्रदूषणरहित र शान्त क्षेत्रमा साइकल चलाउनु राम्रो हुन्छ । त्यस्तै, टाढाको दूरीमा साइक्लिङ गर्दा समूहमा जानु राम्रो हुन्छ । साइकल मर्मत गर्ने केही उपकरणहरू पनि आफूसँगै बोक्नुपर्ने हुन्छ । टुलबक्स बोकेर हिँड्दा राम्रो हुन्छ । साइकल पंचर पनि हुन सक्छ । त्यसैले लामो दूरी जाँदा ट्युब बोक्नुपर्छ । हावा हाल्नका लागि पम्प बोकेर हिँड्नुपर्छ । यस्तो हुँदा जहाँ बिग्रेको छ, त्यहीँ बनाएर हिँड्न सकिन्छ । साइकल सवारीका मानसिक तथा शारीरिक फाइदा धेरै छन् । यसले मानिसलाई निरोगी बनाउन सहयोग गर्छ । 

स्वस्थ मुटु : नियमित साइकल चलाउँदा मुटुरोग, स्ट्रोक र उच्च रक्तचापको जोखिम कम हुन्छ । 

फिटनेस : साइकल चलाउँदा तपाईंको मांसपेशी बलियो हुन्छ । शरीरको लचिलोपन बढ्छ । यसले समग्र शरीरको कसरत गराउँछ । साइकल चलाउँदा पर्याप्त क्यालोरी खर्च हुन्छ र तौल नियन्त्रणमा सहयोग पुग्छ । साइकल चलाउँदा पछिल्तिरका हड्डी सक्रिय रहने हुनाले ढाड र गर्दनको दुखाइबाट समेत राहत 
पाउन सकिन्छ । 

तनाव कम हुन्छ : साइकल चलाउँदा मानिसको मस्तिष्क निकै सक्रिय रहन्छ । अन्य साइडबाट आइरहेका गाडी र मानिसलाई सचेततापूर्वक नियालेर साइकल गुडाइने भएकाले तपाईंको ध्यानशक्ति बढेर जान्छ । यसले तपाईंको मुडमा पनि सुधार ल्याउँछ । तपाईंलाई थप ऊर्जावान् महसुस गर्न सहयोग गर्दछ । 

पाचन प्रणालीमा सुधार : दैनिक करिब २० मिनेट साइक्लिङ गर्दा शरीरमा हजार क्यालोरी खपत हुन्छ । तपाईंको पाचन प्रणाली सुधार हुन्छ । त्यसपछि आफूलाई मन परेको खानाको मज्जा लिन सकिन्छ । 

पर्यावरणमैत्री : साइकल सवारी पर्यावरणमैत्री छ । यसमा इन्धन आवश्यक पर्दैन । त्यसैले तपाईंको स्वास्थ्य मात्रै नभएर वरपरको वातावरणलाई स्वच्छ राख्न पनि यसले भूमिका खेल्छ ।

ad
ad
ad
ad