१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
२o८१ असार १६ आइतबार १२:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

माछा मार्न गएका वृद्धको खोलामा डुबेर मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार १२:o१:oo

मकवानपुरको बकैयामा खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार मृत्यु हुनेमा बकैया गाउँपालिका– ३ हात्तीसुडेका ७१ वर्षीय भीमबहादुर लुङ्बा रहेका छन्।

माछा मार्न जान्छु भनी शुक्रबार घरबाट निस्किएका लुङ्बा स्थानीय लोहजर खोलामा १५ गते शनिबार मृत अवस्थामा फेला परेका थिए। घरबाट निस्किएका लुङ्बा घर नफर्किएपछि उनका छोराहरूले खोजतलास गर्दै जाँदा घरभन्दा पाँच सय मिटर पश्चिममा रहेको लोहजर खोलामा उनलाई डुबेको अवस्थामा फेला पारेका प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी हात्तीसुडेबाट गएको प्रहरी टोलीले मुचुल्का तयार पारी अनुसन्धन प्रक्रिया अगाडि बढाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।

ad
ad
ad
ad