१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
पिटर बेकर
२o८१ असार १६ आइतबार १o:३८:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

राष्ट्रपति उम्मेदवारको दौडबाट हट्छन् बाइडेन ?

Read Time : > 3 मिनेट
पिटर बेकर
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार १o:३८:oo

बिहीबार राति ट्रम्पसँग भएको राष्ट्रपतीय बहसमा बाइडेनको कमजोर प्रदर्शनपछि डेमोक्रेटिक पार्टीभित्र बाइडेनको उम्मेदवारीलाई लिएर ठूलो चिन्ता देखिएको छ । कमजोर प्रस्तुतिलाई लिएर व्यापक प्रश्न उठेपछि ८१ वर्षीय बाइडेनले आफू जवान नरहेको स्वीकार गरे ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्ष राष्ट्रपति चुनावको दोस्रो कार्यक्रलको उम्मेदवारी बन्ने घोषणा गरेदेखि नै उनी नजिकका भित्री वृत्तले एक टड्कारो प्रश्नलाई निरन्तर खारेज गरिरह्यो । उनीहरूले निरन्तर जोड दिँदै भने बाइडेनको उमेर ८० वर्ष नाघे पनि त्यसले उनको कार्यक्षमतामा कुनै असर गरेको छैन । अर्थात्, उनी अझै अमेरिकाको राष्ट्रपति पदमा बस्नका लागि धेरै बूढो भएका छैनन् । मिडियाले बाइडेनको उमेरको विषयलाई अनावश्यक रूपमा बढी उचालेको उनीहरूले आरोप लगाए । यही अवधिमा विपक्षी रिपब्लिकनहरू भने बाइडेनले सार्वजनिक कार्यक्रममा गरेको हर्कतहरूलाई तोडमोड गरी उनलाई वास्तविकताभन्दा बढी कमजोर देखाउने भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिरहे । पुनः राष्ट्रपति चुनिए दोस्रो कार्यकालको अन्त्यमा ८६ वर्षको हुने बाइडेनलाई राष्ट्रपति बनाए चुनाव हार्ने हुन् कि भन्ने चिन्ता व्यक्त गर्ने डेमोक्य्राटहरूलाई समेत तिनले डरछेरुवाको संज्ञासम्म दिए । 

तर, एक वर्षसम्म बाइडेनको उमेरको विषयमा गरिएको ढाकछोप बिहीबारको राष्ट्रपतीय बहसका क्रममा उदांगिएको छ । बिहीबार राति पूर्वराष्ट्रपति डोनाल्ड जे ट्रम्पसँगको राष्ट्रपतीय बहसमा बाइडेनको कमजोर प्रदर्शनपछि पनि राष्ट्रपतिका विश्वासपात्रले उनको क्षमताको बारेमा उठेका चिन्तालाई पन्छाइरहन सक्दैनन् । राष्ट्रपतीय बहसपछि डेमोक्रेटिक पार्टीभित्र बाइडेनको उम्मेदवारीलाई लिएर ठूलो चिन्ता देखिएको छ र बाइडेनको टिम अहिले पार्टीलाई विश्वस्त बनाउनुपर्ने अवस्थासँग जुधिरहेको छ । बहसमा कमजोर प्रस्तुतिलाई लिएर व्यापक प्रश्न उठेपछि ८१ वर्षीय बाइडेनले शुक्रबार अब आफू जवान नरहेको स्वीकार गरे । न्युयोर्कको रालेगमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो कमजोरी स्वीकार गरे पनि आफूलाई बलियो उम्मेदवारको रूपमा प्रस्तुत गरे । उता बाइडेनको यस दाबीलाई पूर्वराष्ट्रपति बराक ओबामा र दक्षिण क्यारोलिनाबाट तल्लो सदनका प्रतिनिधि जेम्स ई. क्लाइबर्नजस्ता डेमोक्य्राटिक सहयोगीहरूले समर्थन जनाएका छन् । यसबाट केही उत्साहित बाइडेनको टिम युवा उम्मेदवारलाई ठाउँ छाडिदिने मनस्थितिमा देखिँदैन । 

तर, यसका बाबजुद धेरै डेमोक्रेटिक नेता तथा हाल बाइडेनको सरकारमा रहेका पदाधिकारीले समेत पछिल्लो स्थिति आएकैप्रति चिन्ता व्यक्त गरेका छन् । र, यसका लागि राष्ट्रपति वरिपरि रहने उनका टिमलाई जिम्मेवार ठहर्‍याएका छन् । उनीहरूको प्रश्न छ– आखिर बाइडेननजिकका मानिसले उनलाई चुनावी दौड त्याग्न किन लगाइरहेका छैनन् ? यस्तो कमजोर प्रदर्शन हुन सक्ने सम्भावनाबीच समेत तिनले कसरी बहसका लागि स्वीकृति दिए ? बहसअघि एक हप्तासम्म बाइडेन ‘क्याम्प डेभिड’मा बसेका थिए, त्यस अवधिमा तिनले सम्भावित चुनौतीका लागि उनलाई किन तयार पार्न सकेनन् ?

अहिलेसम्म बाइडेनका समर्थक पनि यी वयोवृद्ध राष्ट्रपतिको उमेरजन्य समस्यामाथि प्रश्न उठाउनेविरुद्ध नै उत्रिने गर्थे । हुन पनि उमेरकै कुरा गर्दा बाइडेन फरक समय फरक रूपमा प्रस्तुत हुने गर्छन् । एक दिनको अन्तरमा बिहीबार र शुक्रबार बाइडेनको दिन र रातजस्तै फरक व्यक्तित्व देखिएको थियो । शुक्रबार न्युयोर्कमा आयोजित र्‍यालीमा देखिएका बाइडेन खासमा उनका नजिकका सल्लाहकारले देख्ने र देखाउन चाहेको रूपमा उत्रिएका थिए ।  प्रतिद्वन्द्वीलाई तिखा प्रश्न सोध्ने गर्छन् र कठिन नीतिगत मुद्दामा सटिक निर्णय गर्ने गर्छन् । 

तर बिहीबार रात एट्लान्टाको स्टेजमा ट्रम्पसँग देखिएका बाइडेन भने उनको सल्लाहकारले हेर्न चाहेको रूपमा देखिएका थिए । जहाँ उनी आफ्नै तर्क काटिरहेका थिए भने शब्दहरू बिगारिरहेका थिए । केही अवस्थामा उनमा सुद्दी हराएकोजस्तो देखिएका थियो भने कुनै समय रहस्यमय टिप्पणी गरेका थिए । ‘बाइडेनमा पछिल्लो शुक्रबार देखिएको समस्या समय–समयमा मात्र देखिने गर्छ,’ राष्ट्रपति बिल क्लिन्टनको नेतृत्वमा ह्वाइट हाउसमा काम गरेकी तथा डेमोक्य्राटिक पार्टीको राष्ट्रिय समितिमा लामो समय सदस्य रहेकी इलेन कामर्कले भने, ‘अघिल्लो वसन्त म आफैँ उनको छेउमा बसेर छलफल गर्दा उनले एजेन्डा तथा नीतिहरूमा विनाकुनै नोट धाराप्रवाह तर्क पेस गरेका थिए । त्यस अर्थमा उनमा डिमेन्सिया छ जस्तो त लाग्दैन । यो उमेरमा यस्ता अवस्थामा कहिलेकाहीँ आउँछन् । दुर्भाग्यवश, त्यस्तै अवस्था बिहीबार राति आयो ।’ पछिल्लो प्रदर्शनले सबैभन्दा तत्कालीन असर चुनावको मुखमा बाइडेनको राजनीतिक चन्दा स्वात्तै घट्न सक्छ, जसले प्रतिद्वन्द्वी ट्रम्पलाई आर्थिक फाइदा हुने गरिन्छ ।

बाइडेनको टिमले अहिले पर्ख र हेरको स्थितिमा छ । अहिलेको स्थिति साम्य भएपछि नर्भस बनेका चन्दादातालाई पुनः फर्किनेमा टिमको विश्वास छ । राष्ट्रपतीय बहसपछि पनि देशको मध्यपश्चिम क्षेत्रका परिवतर्तित राज्यका मतदाताबीच बाइडेनप्रति समर्थन उच्च रहेकोमा उनीहरूको मनोबल उच्च छ । विशेषतः राजनीतिक अडानको हिसाबमा उनीहरू अझै पनि बाइडेनले लिएकै अडानमा कायम रहेको तिनको तर्क छ । राष्ट्रपतिका सहयोगी अहिले ७८ वर्षका ट्रम्पले पछिल्लो समय दोहोर्‍याइरहेका झुट तथा गलत तथ्यांकमाथि प्रकाश पार्न केन्द्रित छन् । पछिल्लो समय एक–दुई राजनीतिक सभामा सम्बोधन गर्ने क्रममा ट्रम्पमा पनि उमेरजन्य भुल्ने समस्या देखिइएको छ । उनको टिमले अहिले लामो पक्षघातको समस्या व्यहोरे पनि सन् २०२२ मा पेन्सिलभेनियाको सिनेट पद जित्न सफल जोन फेटरम्यानको उदाहरण प्रस्तुत गर्न थालेका छन् । शुक्रबारको अन्त्यसम्ममा, केही डेमोक्य्राटहरू बाइडेनले उम्मेदवारी फिर्ता नगरे ट्रम्पको विजयको सम्भावनाप्रति चिन्तत हुँदाहुँदै पनि बाइडेनले उम्मेदवारमा कायम रहे भने उनलाई समर्थन गर्न बाध्य हुने सोचमा पुगेका देखिन्थे । 

लामो उमेर र अनुभवकै कारण बाइडेनले वास्तवमै मित्रका रूपमा देख्छ सक्ने राजनीतिक सहयात्री थोरै मात्र बाँकी छन् । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति बनेका नेताहरू क्लिन्टन र ओबामासँगको उनको सम्बन्ध जटिल छ । केही बाइडेन सल्लाहकारका अनुसार यदि ती पूर्वराष्ट्रपतिमध्ये कसैले पनि बाइडेनलाई गत वर्ष पुनः उम्मेदवारी नदिन सल्लाह दिएको भए वा अहिले उम्मेदवारी त्याग्न भनेको भए उनी निकै क्रुद्ध हुने थिए । बाइडेनले जति नै लामो समय सिनेटमा सेवा गरेका नेतामध्ये उनले कदर गर्ने नेताहरूमध्ये अधिकांश अब यो संसारमा छैनन् । एकजना त्यस्ता सिनेटर टेड काउफम्यान उनीसँग निकै घनिष्ठ छन् र उनी बाइडेनको पुनः उम्मेदवारीका सबैभन्दा बलियो समर्थकमध्ये एक छन् ।

राष्ट्रपति उम्मेदवारी परित्याग गर्नेजस्तो गहन निर्णयमा उनलाई अहिले सबैभन्दा बढी प्रभाव पार्न सक्ने व्यक्तिहरू उनकै परिवारका सदस्य हुन् । अझ विशेषगरी उनकी श्रीमती जिल बाइडेन र बहिनी भ्यालेरी बाइडेन ओवेन्स हुन् । र, जिल आफैँमा बाइडेनको पुनः निर्वाचन अभियानकी सबैभन्दा कठोर समर्थक भएको स्रोतहरूले बताएका छन । बाइडेनकी लामो सिनेट करिअयरमा उनको राजनीतिक सल्लाहकार रहेकी ओवेन्स पनि केही बोल्ने पक्षमा देखिँदैनन् । ओबामाको पालामा उपराष्ट्रपति रहेको बाइडेनसँग संगत गरेका ओबामा शीर्ष सल्लाहकार डेभिड एक्सेलरड बाइडेनलाई एक स्वाभिमानी स्वभाव भएको नेता मान्छन् । ‘उनमा आफूलाई अधिकांश समय न्यून मूल्यांकन गरिएको भन्ने बलियो विश्वास छ । र, आफू यी बाधालाई जित्न सक्ने राजनीतिज्ञ भएको सोच्छन् । यस्तोमा अहिले उनको मनस्थिति के छ भन्न सकिँदैन । उनको नजिकमा रहेर धेरैजनाले काम गरिरहेका छन् र अहिलेको समय उनीहरू निकै चिन्तित छन्,’ एक्सेलरडले भने । 

– द न्युयोर्क टाइम्सबाट

ad
ad
ad
ad