मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ९ शनिबार
  • Thursday, 19 December, 2024
२o८o बैशाख ९ शनिबार १७:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘गठबन्धन संस्कृति जगेर्ना गर्नुपर्ने आवश्यकता छ’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ९ शनिबार १७:५८:oo

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै पार्टीले बहुमत ल्याएर सरकार बनाउनेभन्दा गठबन्धन संस्कृतिलाई जगेर्ना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले भने, ‘वर्तमान संविधान र निर्वाचन प्रणालीका आधारमा अहिलेको स्थितिमा कुनै पनि दलले बहुमत ल्याएर सरकार बनाउने सम्भावना धेरै कम छ। त्यसकारण हामीले यो गठबन्धनलाई पाँच वर्ष नै चलाएर यसको माध्यमबाट जनतालाई सेवा दिने चुनौती छ।’

उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई सही विचार, नीति, कार्यशैली र संस्कारको आधारमा एकताबद्ध गर्ने प्रयासमा एक हदसम्म आफूहरू सफल नै भएको बताए। 

विगतका वामपन्थी एकता र ध्रुवीकरणको प्रसंग कोट्याउँदै उनले भने, ‘हाम्रो एकता र ध्रुवीकरणको प्रक्रियालाई नेता–कार्यकर्ता र जनताले उत्साहका साथ अनुमोदन पनि गरेकै हो। हामीले संसारभरका वामपन्थी विरोधीको घेराभित्र बसेर दुईतिहाइ सरकारको नेतृत्व प्रतिस्पर्धाबाट ल्याउने भन्ने सानो कुरा थिएन।’ 

उनले यसमा कसैलाई दोष नदिई आफूहरूले नै बचाउन नसकेको उल्लेख गरे। अहिले पनि कम्युनिस्ट आन्दोलन जनतामा लोकप्रिय नै रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सही नीति र विचारको आधारमा र भावनात्मक रूपले फेरि पनि एकताको उद्देश्य छोड्नुनहुने उनको धारणा थियो।