१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका सोलुखम्बु
२o८१ बैशाख २१ शुक्रबार १४:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाबारे लेखिएको पुस्तक सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोलुखम्बु
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:५२:oo

विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाबारे लेखिएको ‘हिमालयन म्याभरिक’ नामक पुस्तक सार्वजनिक भएको छ।

शुक्रबार बुक्स राइटिङ नेपालद्वारा प्रकाशित उक्त पुस्तक सगरमाथा आधार शिविरमा कार्यक्रमको आयोजना गर्दै ‘हिमालयन म्याभरिक’ नामक किताब विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामी रीता शेर्पा र बुक्स राइटिङ नेपालका अध्यक्ष विनोद कुलुङले सार्वजनिक गरेका हुन्। 

शेर्पाले १० दिनमा तीनपटक विश्वको सर्वोचच शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी गिनिज वर्ल्ड  रेकर्डमा नाम लेखाउन सफल भएका थिए। यस्तै, उनले ५९ दिनभित्र  विश्वकै पहिलो र दोस्रो सर्वोच्च शिखर सगरमाथा र के–टूको सफल आरोहण गरेर दोस्रोपटक गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएका थिए।  

विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामी रीता शेर्पाले कार्यक्रममा बोल्दै भने, ‘हिमालमा अनगिन्ती कथाहरू छ्न्। ती कथाहरूलाई यसरी किताबको रूपमा लेखिनु निकै सुखद् कुरा हो। हिमाल आरोही शेर्पाहरू हिमाल आरोहणका अलावा पुस्तक अध्ययन र किताब लेखनजस्ता बौद्धिक क्षेत्रमा निरन्तर अघि बढेको देख्न पाउनु मेरो अहोभाग्य हो।’

हरेक आरोहीहरूले यसरी नै आफ्नो अनुभव लेखिराखे नयाँ आरोहीहरूलाई सजिलो हुने उनले बताए। त्यस्तै, विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाले पनि सगरमाथा आधार शिविरमा विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामी रीता शेर्पाद्वारा आफ्नो किताब सार्वजनिक गर्न पाउँदा निकै गर्व लागेको बताए। 

सोलुखुम्बु जिल्लाको दक्षिण पूर्वीभागमा पर्ने सानो शेर्पा गाउँ मामेर्कुको सामान्य किसानी परिवारमा जन्मे हुर्केर ट्रेकिङ क्षेत्रमा भरिया हुँदै विश्व कीर्तिमानीसम्म आइपुग्दा जीवन रंगिन बगैँचाझैँ लागेको उनले बताए। 

बुक्स राइटिङ नेपालका अध्यक्ष विनोद कुलुङका अनुसार हिमाल आरोहणको क्षेत्रमा पर्दापछाडि थुप्रै नेपाली हिरो भएको र उनीहरूले हामीले विश्वसामु चिनाउन नसकेको बताए। 

ad
ad