१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ८ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ८ शुक्रबार १६:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन अन्तरिम आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ८ शुक्रबार १६:२९:oo

सर्वोच्च अदालतले सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ। न्यायाधीश प्रकाशमानसिंह राउतकाे एकल इजलासले अन्तरिम आदेश दिएकाे हाे। 

अधिवक्ता पदमबहादुर श्रेष्ठले गत साेमबार महानगरलाई विपक्ष बनाई रिट निवेदन दर्ता गराएका थिए। गत २७ चैतबाट महानगरले सिंहदरबार, राष्ट्रपतिनिवास शीतलनिवास र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको फोहोर उठाएको छैन।

सिंहदरबारले स्थानीय तहलाई सहयोग नगरेको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र साहले भिभिआइपी क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएपछि यी क्षेत्रमा फोहोर थुप्रिएको हो।

निवेदकले रिटमा महानगरपालिकाले फोहोर नउठाउने निर्णय गरेपछि फोहोर थुप्रिँदा रोग र दुर्गन्ध फैलिने भएकाले तत्काल उठाउन अन्तरिम आदेशको माग गरेका थिए।