१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ३० बिहीबार
  • Friday, 05 July, 2024
२o७९ चैत ३० बिहीबार o९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

उपमेयर महिला तथा पुरुष भलिबलको उपाधि वडा नम्बर ११ र १९ लाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ३० बिहीबार o९:२o:oo

केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौँडा उपमहानगरपालिका भलिबल संघको आयोजनामा सम्पन्न पाँचौँ संस्करणको उपमेयर कप भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ वडा नम्बर ११ र महिलातर्फ वडा नम्बर १९ ले जितेको छ ।

बुधबार सम्पन्न भएको फाइनलमा पुरुषतर्फ ११ ले १९ र महिलातर्फ १९ ले ९ नम्बरलाई हराउँदै उपाधि जितेका हुन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तलेस्थित बुद्ध माविको भलिबल कोर्टमा भएको पुरुषतर्फको फाइनल खेलमा ११ नम्बर वडाले १९ नम्बर वडालाई ३–२ को सेटमा पराजित गरेको हो ।

अति नै प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर ११ ले लगातार दुई सेट क्रमशः १९–२५ र २१–२५ ले जितेको थियो । तर, १९ नम्बर वडाले तेस्रो र चौथो सेटमा क्रमशः २५–१८ र २५–२१ को जित निकालेपछि खेलको निर्णय पाँचौँ सेटबाट लिइएको थियो । अन्तिम सेटमा वडा नम्बर ११ ले १५–११ ले खेल आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।

यस्तै, महिलातर्फको उपाधि वडा नम्बर १९ ले ३–२ ले नै जित्न सफल भयो । वडा नम्बर १९ ले खेल २०–२५, २५–२१, १६–२५, २५–२२ र १५–१३ ले आफ्नो पक्षमा पार्न सफल भयो । तीन सेटसम्मको खेलमा २–१ ले पछि परेको वडा नम्बर १९ ले चौथो र पाँचौँ सेटमा सानदार जित निकाल्न सफल भएपछि उपाधि उचालेको हो ।

जितसँगै दुवै विजेता टोलीले नगद ५० हजारसहित ट्रफी प्राप्त गरेका छन् भने उपविजेता बनेका दुवै टिमले ३० हजार रुपैयाँ प्राप्त गरे । यस्तै, प्रतियोगिताको सेमिफाइनलमा पराजित भएका महिला र पुरुषतर्फका गरी चारवटै टिमले १०–१० हजार नगद प्राप्त गरेको प्रतियोगिता संयोजक त्रिविक्रम रूपाखेतीले जानकारी दिए ।

ad
ad
ad
ad