Skip This
वातावरण संरक्षणको अनौठो प्रयास : प्लास्टिक लिएर सुनको सिक्का दिइँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २९ बुधबार
  • Saturday, 27 July, 2024
रासस काश्मिर
२o७९ चैत २९ बुधबार १३:२८:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

वातावरण संरक्षणको अनौठो प्रयास : प्लास्टिक लिएर सुनको सिक्का दिइँदै

Read Time : > 1 मिनेट
रासस, काश्मिर
नयाँ पत्रिका
२o७९ चैत २९ बुधबार १३:२८:oo

दक्षिणी कस्मिरको अनन्तनाग जिल्लाका फारुक अहमद गनाईले आफ्नो क्षेत्रमा प्लास्टिकको फोहोरको समस्या समाधान गर्न अनौठो पहल सुरु गरेका छन् ।

‘प्लास्टिक  दिनुहोस् सुन लिनुहोस्’ भन्ने नाराका साथ गनाईले २० क्विन्टल (दुई हजार किलो) प्लास्टिकको फोहोर संकलन गर्ने जोसुकैलाई १० ग्राम सुनको सिक्का दिने घोषणा गरेका छन्। अनन्तनाग जिल्लाको हिलर शाहाबाद क्षेत्रको विकट गाउँ पञ्चायत सदिवाराका प्रमुख गनाईले गाउँका मानिसलाई प्लास्टिकजन्य फोहोरलाई खोलानाला र सडकमा फाल्नुको सट्टा जम्मा गर्न उत्प्रेरित गर्दै पुरस्कारको रूपमा सुनको सिक्का दिने घोषणा गरेका हुन् ।

प्लास्टिक प्रदूषण न्यूनीकरणका लागि जनचेतना र मानसिकता परिवर्तन गर्नु महत्वपूर्ण रहेको उनको भनाइ छ । सुनको सिक्का दिने योजना सार्वजनिक गर्नुअघि गनाईले जिल्लाका उपआयुक्त डा. बसारत कयुमसँग यस सम्बन्धमा  विचारविमर्श गरेका थिए । उनले पनि त्यसको प्रशंसा गर्दै त्यसलाई कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि ग्रामीण विकास विभागद्वारा आयोजित एक कार्यक्रमबीच गत जनवरी ७ देखि ‘प्लास्टिक  दिनुहोस् सुन लिनुहोस्’ अभियान औपचारिक रूपमा सुरु भएको हो ।

अभियान सुरु भएदेखि नै गनाईले यस क्षेत्रलाई सामूहिक र व्यक्तिगत रूपमा सरसफाइमा युवा क्लब, स्थानीय निकायका  सदस्य, ज्येष्ठ नागरिक, सिँचाइ विभागका कर्मचारीलगायत कम्तीमा ३० स्वयंसेवक संलग्न गराएका छन् । अभियान सडक सफाइमा मात्र नभई त्यस क्षेत्रका खोलानालाको सफाइमा पनि केन्द्रित छ । फोहाेर प्लास्टिक  संकलन गर्न संकलन स्थलहरू स्थापना गरेर त्यसलाई पुनः प्रयोग गर्ने प्रयास भइरहेको छ ।

गनाईको प्रयासलाई वातावरणविद्हरूले व्यापक रूपमा प्रशंसा गरेका छन् । उनीहरूले प्लास्टिकजन्य फोहोर संकलन गर्न पुरस्कार प्रणाली सिर्जना गर्दा प्रदूषण कम गर्न प्रभावकारी हुने बताएका छन् । अभियानले लोकप्रियता पाएको छ, सबैले त्यसको प्रशंसा गरेका छन् भने अन्य पञ्चायतहरूले पनि त्यसलाई अपनाएका छन् ।

सदिवारा क्षेत्रका स्थानीय पनि स्वेच्छिक रूपमा अभियानमा संलग्न भएका छन् । यहाँ अझ रोचक पक्ष के छ भने वातावरणमैत्री समाज निर्माणको पहलमा लागेका गनाईले फोहोर व्यवस्थापनका लागि नवीन विचार प्रस्तुत गर्दै आएका उनले प्रयोग गरिएको ‘डाइपर’लाई कृषि क्षेत्रमा प्रयोग गरेर देखाएका छन् । 

सदिवारा क्षेत्रका सडक, गल्ली, खोला प्लास्टिकमुक्त भएकाले अभियानको सकारात्मक प्रभाव देखिन थालेको छ । गनाईको प्रयासले स्थानीय जनतामा प्लास्टिकका हानिकारक असरहरूबारे चेतना जगाएको छ । उनले यो अभियानलाई भारतका सम्पूर्ण भूभाग समेट्न कस्मिरदेखि कन्याकुमारीसम्म पुर्‍याउने योजना बनाएका छन् । सबै गाउँका लागि उदाहरण बनेको उनको अभियानलाई केन्द्र सरकारले पनि अघि बढाउने योजना बनाएको बताइएको छ।