आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’मार्फत भुक्तानी गरेर गोल्डस्टार जुत्ता खरिद गर्दा १५ प्रतिशत छुट पाइने भएको छ । नयाँ वर्षको अवसर पारेर ल्याइएको यो अफर २७ चैतदेखि ५ वैशाखसम्म नौ दिन कायम रहने बताइएको छ ।
गोल्डस्टारको आधिकारिक सोरुमहरूबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पेमार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त हुने हो । विद्युतीय भुक्तानी सेवाप्रदायक आइएमई पे र स्वदेशी जुत्ता ब्रान्ड गोल्डस्टारले ग्राहकमैत्री व्यापार प्रवद्र्धन गर्न यस्तो सम्झौता गरेका हुन् ।
आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले वा एजेन्टहरूमार्फत विभिन्न किसिमका भुक्तानीको काम गर्न सक्छन् । यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकको पनि सुविधा रहेको बताइएको छ । २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।