१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २४ शुक्रबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २४ शुक्रबार o८:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइलिगमा रेनुका, सरु र दीपा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २४ शुक्रबार o८:o५:oo

नेपाली राष्ट्रिय महिला टोलीकी नियमित कप्तान रेनुका नगरकोटे, सरु लिम्बू र दीपा शाही भारतीय महिला शीर्ष डिभिजन (आइलिग)मा अनुबन्धित भएका छन् । नेपाली टोलीका तीन मिडफिल्डरले एकैपटक भारतको चर्चित क्लबबाट आगामी लिग खेल्ने पक्का गरेका हुन् । रेनुका र सरुले किक स्टार्ट क्लबबाट खेल्नेछन् । दीपाले लर्डस् एफसीबाट खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले नयाँ पत्रिकासँग बताएका छन् । 

‘तीनै खेलाडीको खेल्ने पक्का भएको छ,’ एन्फा प्रवक्ता शाहले भने, ‘आइलिगमा नेपाली महिला खेलाडीले मौका पाउनु राम्रो पक्ष हो ।’ भारतको आइलिगमा अहिलेसम्म ६ नेपाली महिला खेलाडीले नयाँ सिजनको आइलिग खेल्नेछन् । यसअघि कप्तान एन्जिला तुम्बाप्पो सुब्बा र रक्षक गीता राना सेथु एफसीमा अनुबन्ध भइसकेका थिए । स्ट्राइकर सावित्रा भण्डारीले गोकुलम केरलाबाट खेल्ने पक्का गरिसकेकी थिइन् । 

दुई महिनाको प्रशिक्षणपछि एन्जिला, गीता र सावित्रा आइलिग स्थगित हुँदा नेपाल फर्किएका थिए । १६ टोली सहभागी हुने भारतीय आइलिग २५ अप्रिलबाट सुरु हुँदै छ । सहभागी टोलीलाई ८–८ समूहमा विभाजन गरिएको छ । पछिल्लो समय रेनुका घाइते भएपछि पुनरागमनको अवसरमा छिन् । साफ च्याम्पियनसिप गुमाएकी रेनुकाले भारतसँगको दुई मैत्रीपूर्ण खेल र पेरिस ओलम्पिक छनोटमा स्थान बनाए पनि मैदानमा उत्रन सकेकी छैनन् । रेनुकाको अभावमा अनुभवी गोलरक्षक एन्जिलाले नेपालको कप्तानी आर्मब्यान्ड लगाएकी छिन् । गीतासमेत चोटपछि अहिले मैदानबाहिर छिन् । 

गीता अझै दुई–तीन महिना मैदानबाहिर हुने बताइएको छ । एन्जिला, सावित्रा, सरु, दीपा भने नेपाली टोलीबाट नियमित खेल्दै आएका छन् । यसअघि सावित्रा र अनिता बस्नेतले आइलिग खेलेका थिए । सावित्राले दुईपटक आइलिग उपाधि जित्दा अनिताले एकपटक सेथु एफसीबाट उपाधि जितेकी छिन् । सावित्राले सेथु र गोकुलम दुवै टोलीका लागि उपाधि हात पारेकी हुन् । 

ad
ad
ad
ad