१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २२ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २२ बुधबार १२:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न सभामुखको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २२ बुधबार १२:४८:oo

सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न आग्रह गरेका छन्। 

नेपालको  विवाद समाधानका लागि काठमाडौं आएकी अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि क्रिष्टिना कुम्पुला नेतृत्वको प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा सभामुख घिमिरेले विवाद समाधान गरेर समाजसेवामा क्रियाशील हुन आग्रह गरेका हुन्। 

‘विपत्, महामारीका समयमा पनि नेपालमा रेडक्रसले राम्रो भूमिका खेलेको छ,’ उनले भने, ‘तर, आन्तरिक विवाद छिटोभन्दा छिटो समाधान हुन आवश्यक छ।’
सभामुख घिमिरेले रेडक्रसको केन्द्र र कतिपय जिल्लामा समयमा निर्वाचन नभएको बताउँदै अन्तर्राष्ट्रिय रूपमा नै ख्याति कमाएको संस्था अपारदर्शिताबाट टाढै बस्नुपर्नेमा जोड दिए। 

अन्तर्राष्ट्रिय रेडक्रसकी नेपाल प्रतिनिधि क्रिष्टिना कुम्पुलाले रेडक्रस ऐनबारे जिज्ञासा राखेकी थिइन्। उनले आफू नेपाल आउनुको उद्देश्य पनि विवाद समाधान नै रहेको बताउँदै उनले जवाफदेहिता र पारदर्शितामा सम्झौता नहुने बताइन्। 

सभामुख घिमिरेले रेडक्रस सञ्चालनका लागि ऐन आवश्यक भए सरकारसँग छलफल गर्न आग्रह गर्दै संसद्ले आवश्यक सहजीकरण गर्ने जानकारी दिए।