मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १७ बुधबार
  • Wednesday, 04 October, 2023
२०७९ चैत २१ मंगलबार १५:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनिता कुमालको क्यान्सर उपचारका लागि सहयोगको अपिल

Read Time : < 1 मिनेट
२०७९ चैत २१ मंगलबार १५:५३:००

गुल्मीको इस्मा गाउँपालिका– २ की ४२ वर्षीया सुनिता कुमाल क्यान्सरले थला पर्दै गएकी छिन् । पाठेघरको क्यान्सरले पीडित कुमाल उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवनमा छिन् ।

श्रीमान् ढालबहादुर कुमालले पाँच वर्षअघि भारतमा भएको दुर्घटनामा ज्यान गुमाए । बुबाको मृत्युपछि छोरा राजुले स्कुल छाडे पनि सुनिताले दुःख गरेर छोरी मायालाई भने प्लस टुसम्म पढाइन् ।

२० वर्षका राजु र १८ वर्षीया मायालाई अहिले आमाको उपचार गर्न आर्थिक समस्या भएको छ । आमालाई ऋण गरेर पहिलो किमो चढाइएको भन्दै राजुले सहयोगका लागि अस्पतालबाट आग्रह गरेका छन् ।

बहिनी सुनिता कुमाल (९८४७१०६३६३)को साइन रेसुंगा बैंकको खाता नं ०२९२३००३९७८२५००००० मा आर्थिक सहयोग गर्न आग्रह गरेका छन् ।