१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १५ बुधबार १०:२७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सनराइजले आयोजना गर्‍यो सयवटा वित्तीय साक्षरता कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १५ बुधबार १०:२७:००

सनराइज बैंकले एक सयवटा वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोबल मनी विक मनाएको छ । बैंकले पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्म सातवटै प्रदेशमा आफ्ना देशभरिका शाखाहरू र सामाजिक सञ्जालमार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी वित्तीय साक्षरता शिक्षा प्रदान गरेको हो । 

ग्लोबल मनी विकको यस वर्षको नारा ‘प्लान योर मनी, प्लान योर फ्युचर’लाई सम्मान गर्दै बैंकिङ सेवा, बचत, ऋण, विद्युतीय बैंकिङ सेवा र यसमा अपनाउनुपर्ने सावधानीलगायतका विषयलाई समावेश गरी स्थानीय युवाहरूलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ ।

यस कार्यक्रमले युवाहरूमा वित्तीय साक्षरताको अभिबृद्धि, वित्तीय निर्णय गर्ने क्षमताको विकास, सानैदेखि बचत गर्ने बानी, बैंकिङ सेवा–सुविधाको सही उपयोगिता, बैंकिङ विवरण अरूलाई दिँदा हुन सक्ने झमेला र ठगीलगायतका विषयको सचेतनाले उनीहरू र उनीहरूसँग जोडिएका परिवारको आर्थिक समृद्घिमा योगदान पुर्‍याउने बैंकले विश्वास व्यक्त गरेको छ । 

हाल बैंकले देशभरमा एक सय ३९ शाखा, एक सय शाखारहित बैंकिङ सेवा, १३ एक्सटेन्सन काउन्टर तथा एक सय ६२ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।