मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
लन्डन
२०७९ चैत ११ शनिबार ०८:०३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोनाल्डोले राखे कीर्तिमान

Read Time : < 1 मिनेट
लन्डन
२०७९ चैत ११ शनिबार ०८:०३:००

विश्व च्याम्पियन मेसीले कीर्तिमान राखेको दिनमै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि आफ्नो नाममा एक रेकर्ड स्थापित गरेका छन् । रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक क्याप जित्ने खेलाडी बनेका छन् ।

बिहीबार राति भएको युरोकप २०२४ छनोटअन्तर्गत पोर्चुगलले लिचेस्टाइनविरुद्ध प्रतिस्पर्धा गरेको थियो । यस खेलसँगै रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय खेल संख्या एक सय ९७ पु¥याए । खेलमा उनले दुई गोल गर्दा पोर्चुगल ४–० ले विजयी भयो । 

३८ वर्षीय रोनाल्डोले कीर्तिमानले मैदानमा प्रेरणा दिने बताए । ‘यो खेलले प्रेरणा मात्रै दिँदैन, आगामी खेलमा झनै राम्रो प्रदर्शन गर्न शक्ति प्रदान गर्छ,’ रोनाल्डोले भने । सन् २००३ मा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका रोनाल्डोले पाँचपटक बालोन डिओरको उपाधि जितेका छन् । रोनाल्डोलाई मेसीले पछ्याइरहेका छन् ।