१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १० शुक्रबार
  • Friday, 09 May, 2025
कमलराज भट्ट काठमाडाैं
२o७९ चैत १० शुक्रबार १५:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवाले मागे विपक्षी दलको नेताले पाउने सुविधा

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत १० शुक्रबार १५:२४:oo

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलको नेताकाे हैसियतमा सुविधा माग गरेका छन्। 

५ चैतसम्म आफू विपक्षी दलको नेता रहेको दाबी गर्दै देउवाले संघीय संसद् सचिवालयमा सुविधा माग गरेका हुन्। 

सचिवालयका अनुसार देउवाले विपक्षी दलको नेताले पाउने कर्मचारीहरू नियुक्त गरेर उनीहरूलाई सेवा–सुविधा उपलब्ध गराउन निवेदन दिएका हुन्। 

‘सेवा–सुविधा उपलब्ध गराउनु भनेर पत्र आएको छ। महासचिवज्यूले निर्णय गर्नुहोला,’ सचिवालयका एक पदाधिकारीले भने।

एमालेले १७ फागुनदेखि नै आफूलाई प्रमुख प्रतिपक्षी दाबी गरेको र ५ चैतसम्म कांग्रेसले विपक्षी दलको हैसियतमा सुविधा मागेको अवस्थामा सभामुख देवराज घिमिरे र महासचिव भरतराज गौतमले सेवा–सुविधाको विषय निर्क्याेल गर्नुपर्ने अधिकारीहरू बताउँछन्। 

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सेवा–सुविधाबारे कुनै निर्णय भइनसकेको बताए। विपक्षी नेताको विवादकै कारण सुविधा शाखाले विपक्षी नेताले पाउने अतिरिक्त सेवा–सुविधा दिएको छैन। 

कांग्रेसले ६ चैतदेखि आफूलाई सत्ता पक्षमा उभ्याएपछि एमाले स्वतः प्रमुख प्रतिपक्षी भएको छ। १५ फागुनमा सरकार छाडेको एमालेले १७ गतेदेखि आफूलाई प्रमुख प्रतिपक्षी दाबी गर्दै आएको छ।