१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ८ बुधबार
  • Wednesday, 26 June, 2024
२o७९ चैत ८ बुधबार o८:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सिमरा गोल्डकपको तयारी पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ८ बुधबार o८:४२:oo

१३औँ जितपुर–सिमरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । सिमरा रंगशालामा मंगलबार आयोजकले पत्रकार सम्मेलन गरी सबै तयारी पूरा भएको जनाएको हो । गोल्डकप ९–१८ चैतसम्म हुने आयोजक समितिका महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिएका छन् । प्रतियोगितामा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा आयोजक नव जनजागृति क्लब, केबिए ग्लोबल बिएफसी चितवन, वीरगन्ज युनाइटेड, बागमती युवा, एनआरटी, एपिएफ, चर्च ब्वाइज युनाइटेड, हिमालयन शेर्पा र सातदोबाटो युथ क्लबले सहभागिता जनाउनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव जनजागृतिले ग्लोबल बिएफसीकोे सामना गर्नेछ ।

प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ हात पार्नेछन् । प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई १० हजार र स्थानीय उदीयमान खेलाडीलाई १५ हजार दिने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले बताए । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल वा स्कुटर प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर खेलाडी, प्रशिक्षक र अफिसियलको १० लाख, दर्शक र पत्रकारका लागि पाँच लाखको बिमासमेत गरिएको आयोजकले जनाएको छ । 

ad
ad
ad
ad