मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २५ बिहीबार
  • Thursday, 08 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ५ आइतबार १७:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ५ आइतबार १७:२१:००

निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार सम्पन्न उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाएको छ।राष्ट्रपति भवन शीतलनिवासमा एक समारोहबीच प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेललाई सो प्रतिवेदन बुझाएका हुन्।

सो क्रममा राष्ट्रपति पौडेलले स्थानीय तहदेखि राष्ट्रपति- उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुँदा लोकतान्त्रिक अभ्यास परिपक्क बन्दै गएको बताए। उनले सबै निर्वाचन निर्वाध, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा आयोग र सरोकारवाला निकायलाई धन्यवाद दिए।

प्रमुख आयुक्त थपलियाले यो वर्ष आयोगको लागि निर्वाचन वर्ष भएको चर्चा गर्दै उपराष्ट्रपति निर्वाचनका बारेमा विस्तृत जानकारी गराएका थिए।