१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २८ आइतबार
  • Saturday, 22 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २८ आइतबार १५:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

सन् २०२७ सम्म नेपालको एकदिवसीय मान्यता सुनिश्चित, युएईको सम्भावना गणितीय मात्र

आइसिसी पुरुष विश्वकप लिग - २

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २८ आइतबार १५:३८:oo

युएईविरुद्धको म्याच जितेपछि नेपाल आफ्नो एकदिवसीय मान्यता कायम राख्न सफल भएको छ । आजको जितपछि नेपाल आइसिसी पुरुष विश्वकप लिग– २ को तालिकामा चौथो स्थानमा उक्लिएको छ । 

यससँगै नेपालले सन् २०२७ सम्मका लागि एकदिवसीय क्रिकेटको मान्यता सुनिश्चित गरेको छ । लिगमा नेपालले अझै दुई खेल खेल्न बाँकी छ । पपुवा न्युगिनी र युएईसँगका बाँकी खेल जिते नेपाल सीधै आगामी वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका लागि छानिनेछ । 

नेपालसँगको पराजयपछि युएई भने संकटमा परेको छ । एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा सीधै पुग्ने ढोका मात्र बन्द भएको छैन, एकदिवसीय मान्यता पनि करिब–करिब सकिएको छ । 

युएईका लागि अब गणितीय सम्भावना मात्र बाँकी छ । युएईले बाँकी दुई खेल जितेर पाँचौँ स्थानमा रहेको अमेरिकासँग ३५ अंकको बराबरी गर्न सक्नेछ । तर, बाँकी दुई खेलमा अविश्वसनीय रूपमा निकै ठूलो अन्तरको जितले मात्र उसले अमेरिकाको रनरेटलाई उछिन्न सक्नेछ । त्यसो हुन नसके युएई छैटौँ स्थानमा रहनेछ र एकदिवसीय मान्यता गुमाउनेछ ।

ad
ad
ad
ad