Skip This
एकदिवसीय वरीयतामा नेपालको दुई स्थान सुधार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २५ बिहीबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २५ बिहीबार o७:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एकदिवसीय वरीयतामा नेपालको दुई स्थान सुधार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २५ बिहीबार o७:o५:oo

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आइसिसी एकदिवसीय वरीयतामा दुई स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार मार्च महिनाको एकदिवसीय वरीयता सार्वजनिक गर्दा नेपाल १७औँ स्थानमा रहेको छ । यसअघि नेपाल १९औँ स्थानमा थियो । 

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ सिरिजमा ब्याक टु ब्याक दुई सिरिज हात पारेपछि नेपालको वरीयतामा सुधार भएको हो । नेपालले यो दुई साताभित्र दुईवटा एकदिवसीय सिरिज जित्यो । नेपालले पछिल्लो आठमध्ये सात एकदिवसीय खेल जितेको छ । 

नेपालले १७औँ स्थान रक्षा गर्दा २७ रेटिङ अंक जोडेको छ । दुई साताअघि कीर्तिपुरमा भएको विश्वकप लिग–२ सिरिजमा नेपालले नामिबिया तथा स्कटल्यान्डमाथि समान दुई खेलमा सानदार जित निकालेको थियो । गत सोमबार युएईमा सम्पन्न सिरिजमा नेपालले पपुवा न्युगिनीलाई दुई तथा युएईलाई एक खेलमा पराजित गरेको थियो । नेपालले एकदिवसीय खेलमा लगातार पाँच खेलमा जित निकालेको रेकर्ड राखेको थियो । 

पछिल्लो समयमा एकदिवसीय खेलमा राम्रो नतिजा निकालेको आधारमै नेपालको वरीयतासमेत सुधार भएको हो । विश्वकपको सुपर लिग खेलिरहेको नेदरल्यान्ड्स १४औँ तथा विश्वकप लिग–२ को दोस्रो स्थानमा रहेको ओमान १५औँ स्थानमा छ । विश्वकप लिग–२ को छैटौँ स्थानमा झरेको युएई १९औँ स्थानमा छ । 

आइसिसी पुरुष विश्वकप लिग–२ मा पछिल्ला आठमध्ये सात खेलमा जित निकालेको नेपाल एकदिवसीय वरीयताको १७औँ स्थानमा उक्लियो 

लिग–२ कै तेस्रो स्थानमा रहेको नामिबिया १६औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । कीर्तिपुरस्थिति त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले लिग–२ सिरिजमा सफलता चुम्दा एकदिवसीय वरीयतामा व्यापक सुधार गर्नेछ । 
त्रिवि मैदानमा नेपालले अनपेक्षित नतिजा निकाल्दा एकदिवसीय मान्यता धरापमा पर्न सक्छ । आइसिसीका अनुसार भारत एक सय १४ अंकका साथ शीर्ष स्थानमा छ । 

 रोहित र सन्दीपको वरीयता खस्कियो
आइसिसीले जारी गरेको एकदिवसीय ब्याटिङ वरीयतामा नेपालका कप्तान रोहितकुमार पौडेलले दुई स्थान गुमाएका छन् । रोहितकुमार ५९औँ स्थानमा रहेको छ । रोहितले पाँच सय अंक जोडेको छ । युएईमा भएको विश्वकप लिग–२ सिरिजमा रोहितले ब्याटिङमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । यसै कारण उनको ब्याटिङ वरीयता झरेको हो । यसैगरी, नेपालका ओपनर आसिफ शेखको एक स्थान खस्केको छ । उनी चार सय ६२ अंकका साथ ७७औँ स्थानमा छन् । एकदिवसीय ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर अजाम शीर्ष स्थानमा छन् । 

उनले सर्वाधिक आठ सय ८७ अंक जोडेका छन् । यसैगरी, आइसिसीको एकदिवसीय बलिङ वरीयतामा पूर्वकप्तान सन्दीप लामिछाने एक स्थान ओरालो लागेका छन् । उनी २७औँ स्थानमा रहेका छन् । उनले पाँच सय ५४ अंक जोडेका छन् । 

नेपालका फास्ट बलर सोमपाल कामीले ६ स्थान सुधार गरेका छन् । सोमपाल ६७औँ स्थानमा छन् । उनीभन्दा एक स्थान तल इंग्ल्यान्डका मोइन खान रहेका छन् । यसैगरी, नेपालका दीपेन्द्रसिंह ऐरीले पनि एकदिवसीय बलिङ वरीयतामा सात स्थान सुधार गरेका छन् । दीपेन्द्रसिंह ७४औँ स्थानमा छन् । यसैगरी, करण केसीले आठ स्थान सुधार गरी ९१औँ स्थानमा रहे । 

 आज पपुवा न्युगिनीसँग खेल्दै
त्रिवि क्रिकेट मैदानमा नेपालले आज पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दै छ । यसै साता विश्वकप लिग–२ सिरिजमा पपुवा न्युगिनीले बलियो टोली युएईमाथि दुई खेलमा जित निकालेको थियो । यद्यपि, सो सिरिजमा पपुवा न्युगिनी नेपालसँग पराजित भएको थियो । फर्ममा रहेको पपुवा न्युगिनीले नेपाली टोलीविरुद्ध त्रिवि मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा छ । लिगको सातौँ स्थानमा रहेको पपुवा न्युगिनीको एकदिवसीय मान्यता रक्षा गर्ने सबै आधार समाप्त भइरहेको छ । 

विश्वकप लिग–२ मा त्रिवि मैदानमा हुने खेल नै अन्तिम सिरिज हो । उत्कृष्ट फर्ममा रहेको नेपाली टोलीले घरेलु मैदानमा पुनः एकपटक क्लिनस्विप गर्ने लक्ष्य राखेको छ । नेपालले दुई साताअघि लगातार चार खेलमा जित निकालेको थियो । नेपालले आफ्नो एकदिवसीय मान्यता रक्षा गर्न केवल दुई जित निकाल्नुपर्छ । नेपालले चारै खेलमा जित हात पार्दा शीर्ष तीनमा रहँदै एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्नेछ । 

 टी–२० मा नेपाल १६औँ स्थानमा
एकदिवसीय वरीयतामा दुई स्थान सुधार गरेको नेपाल अन्तर्राष्ट्रिय टी–२० मा भने १६औँ स्थानमा छ । नेपालले ३० अन्तर्राष्ट्रिय टी–२० खेलबाट एक सय ८० रेटिङ अंक जोडेको छ । नेपालभन्दा एक स्थानमाथि स्कटल्यान्ड रहेको छ । विश्वकप लिग–२ को विजेता स्कटल्यान्डले २४ खेलबाट एक सय ८२ रेटिङ अंक जोडेको छ । सुपर लिगमा सहभागी नेदरल्यान्ड्स १७औँ स्थानमा छ । नेदरल्यान्ड्सले एक सय ७७ अंक जोडेको छ । विश्वकप लिग–२ को उपविजेता ओमान १८औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । पपुवा न्युगिनी १९औँ स्थानमा छ । 

 

 

 

 

 

ad
ad
ad
ad