१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ फाल्गुण २४ बुधबार १२:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुकुन्दसेन टेलिभिजन कार्यालयमा चोरी

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण २४ बुधबार १२:३०:००

नवलपुरको गैँडाकोट नगरपालिकामा रहेको मुकुन्दसेन टेलिभिजन कार्यालयमा चोरी भएको छ । गैँडाकोट– ८ स्थित टेलिभिजनको कार्यालयबाट आज बिहान दुईवटा डिएसएलआर क्यामेरा र दुईवटा ल्यापटप चोरी भएको हो ।

तेस्रो तलामाथि रहेको टेलिभिजनको स्टुडियो र अफिस कोठामा रहेका सञ्चारसामाग्री बिहान २ बजेर ५२ मिनेटमा चोरी भएको सिसिटिभी फुटेजमा देखिएको सोही टेलिभिजनका प्रमुख असिफ गुरुङले जानकारी दिए । इलाका प्रहरी कार्यालय गैँडाकोटले घटनाबारे जानकारी लिने काम भइरहेको बताएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघ नवलपुरले सञ्चारगृहमाथि भएको चोरीको घटनाको निन्दा गरेको छ । महासंघ नवलपुरका सचिव विष्णु गौडेलले चोरीमा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।