मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ फाल्गुण २४ बुधबार ११:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारी जागरण आजको आवश्यकता : सभापति देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ फाल्गुण २४ बुधबार ११:०८:००

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन् । ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उनले  दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गरे । 
 
‘सहरदेखि दूरदराजका गाउँमा महिला आज पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन् । महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता हो,’ सभापति देउवाको शुभकामना सन्देशमा उल्लेख छ ।
 
हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको उल्लेख गर्दै सभापति देउवाले हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधकसमेत भएको र सामाजिक एकता तथा सदभावलाई कमजोर बनाउने कारण पनि भएको उल्लेख गरे ।

कांग्रेस सबै किसिमका हिंसाको अन्त्य चाहन्छ भन्दै उनले महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आमनागरिकलाई जागरुक गराउन दिवसले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । 
 
सभापति देउवाले नेपालमा लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदीबहिनीले आफ्नो प्राणको आहुति गरेको उल्लेख गर्दै उनीहरूप्रति उच्च सम्मान प्रकट गरेका छन् । आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र संवर्द्धनका लागि दिदीबहिनीको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास लिँदै उनले दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनीमा शुभकामना व्यक्त गरे ।