मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २३ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ फाल्गुण २३ मंगलबार ११:४२:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकाको कपडा छान्दा...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण २३ मंगलबार ११:४२:oo

- बालबालिका धेरै चल्ने र कुद्ने गर्छन् । त्यसैले उनीहरूलाई सहज हुने खालका कपडा चयन गर्न अभिभावकले ध्यान दिनुपर्छ । कटन, लिनेनजस्ता मुलायम फ्याब्रिकबाट बनेका कपडा छान्नुपर्छ । यसले उनीहरूको छाला चिलाउँदैन । 

- अति टाइट कपडा लगाइदिनु हुँदैन । उनीहरूलाई खेल्न जाँदा सजिलो हुनेखालका लुज फिटिङका कपडा खरिद गरिदिनुपर्छ । 

- बच्चा धेरै सानो छ भने जिपरको साटो बटन भएका कपडा किनिदिनुपर्छ । किनकि, उनीहरूलाई जिपर लगाउन गाह्रो
पर्न सक्छ । 

- बच्चालाई सेतो वा लाइट कलरका कपडाको सट्टा हल्का गाढा रङका कपडा किनिदिनु राम्रो हुन्छ । किनकि, उनीहरू धेरै खेल्ने र हिँड्ने भएकाले सेतो कपडा चाँडै फोहोर देखिन्छ ।