१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २१ आइतबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका ओखलढुंगा
२o७९ फाल्गुण २१ आइतबार १२:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

ओखलढुंगामा बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, ११ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ओखलढुंगा
नयाँ पत्रिका
२o७९ फाल्गुण २१ आइतबार १२:३५:oo

ओखलढुंगामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। चिशंखुगढी गाउँपालिकाबाट ओखलढुंगाको सदरमुकाम जाँदै गरेको बोलेरो जिप वडा नं. ३ दियालेको राहुटारनजिकै दुर्घटना भएको हो। 

दुर्घटनामा परी चिशंखुगढी– ३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको ओखलढुंगाका प्रमुख प्रहरी नायब उपनिरीक्षक दीपक केसीले जानकारी दिए। 

दुर्घटनामा परी ११ घाइते भएका छन्। तीमध्ये केहीलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए।  घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ। 
    
पाँचजना यात्रु बोक्ने क्षमता भएको बोलेरोमा १३ सवार थिए। क्षमताभन्दा बढी यात्रु बोकेका कारण बालेरो अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाको विस्तृत जानकारी आउन बाँकी छ।

ad
ad
ad
ad