१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २० बिहीबार १२:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

संखुवासभामा राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:१४:oo

संखुवासभाको मादीमा राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुधबार सदरमुकाम खाँदबारीमा मादी नगरपालिकाले पत्रकार सम्मेलन आयोजना गरी फागुन २८, २९ र ३० गते मादीस्थित कबर्ड हलमा प्रतियोगिता सञ्चालन हुने जनाएको हो ।

‘पृथक पहिचान : मादी नगरपालिकाको शान’ भन्ने मूल नारासहित राष्ट्रव्यापी रूपमा खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका मेयर जीवन लिङथेपले बताए । उनका अनुसार संखुवासभाको १० वटा स्थानीय तहमध्ये मादी नगरपालिकाले बेग्लै पहिचान बनाउने उद्देश्यसहित खुला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा देशैभरका ब्याडमिन्टन खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिता खुला पुरुष डबल, महिला डबल र भेट्रान्स डबल (४५ वर्षमाथि) गरी तीन विधामा खेल हुनेछन् । 

खुला पुरुषतर्फ विजेताले नगद ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले नगद रु. १५ हजार प्राप्त गर्नेछन् । खुला महिलातर्फ विजेताले नगद ४५ हजार, उपविजेताले नगद ३० हजार र तेस्रोले नगद १० हजार पाउनेछन् । त्यसैगरी खुला भेन्ट्रास डबलतर्फ विजेताले नगद ४० हजार, उपविजेताले नगद २५ हजार र तेस्रोले आठ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

ad
ad