१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १४ आइतबार
  • Sunday, 29 September, 2024
२o७९ फाल्गुण १४ आइतबार १८:३५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

केन्द्रको राजनीतिले प्रदेश तरंगित हुनुहुँदैन : मुख्यमन्त्री अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १४ आइतबार १८:३५:oo

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले केन्द्रको राजनीतिले प्रदेश तरंगित हुन नहुने बताएका छन्। आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले केन्द्रको राजनीतिक प्रभावले प्रदेश तरंगित नहुने अवस्था आए प्रदेश अझ बलियो हुने धारणा राखे।

फरक प्रसंगमा अधिकारीले संघीय सरकारले प्रदेशलाई दिनुपर्ने अधिकार नदिँदा प्रदेशले आफ्नो अस्तित्व देखिने गरी काम गर्न नपाएको गुनासोसमेत गरेका थिए। कानुनले व्यवस्था गरेअनुसारको अधिकार संघीय सरकारले प्रदेशलाई नदिएसम्म प्रदेश सरकारलाई बलियो बनाउन नसकिने उनले प्रस्ट पारे।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने अन्तर प्रदेश समन्वय परिषद् र अन्तर प्रदेश समन्वय समितिको बैठक लामो समयसम्म बस्न नसक्दा प्रदेश सरकार र स्थानीय तहहरूले आफनो समस्या राख्न नपाएका उनको भनाइ छ।