मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १३ शनिबार
  • Tuesday, 17 December, 2024
२o७९ फाल्गुण १३ शनिबार १७:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

जुम्लाको गिडीखोलालाई औद्योगिक ग्राम बनाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १३ शनिबार १७:३२:oo

जुम्लाको तातोपानी गाउँपालिका– ४ गिडीखोलामा औद्योगिक ग्राम स्थापना हुने भएको छ। औद्योगिक ग्राम स्थापनाका लागि देशभरका ८ स्थानीय तहबाट परेको प्रस्तावमध्ये गिडीखोला छनोट भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए।

स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारणका लागि सो औद्योगिक ग्रामको भूमिका हुने चौलागाईंको भनाइ छ।

औद्योगिक ग्राम स्थापनाका लागि नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ १० गते सार्वजनिक सूचना जारी गरेको थियो। सूचनाको आधारमा आवश्यक सबै प्रक्रिया पूरा गरी गाउँ कार्यपालिकाको निर्णयबाट गिडीखोलालाई छनाेट गरी औद्योगिक ग्राम स्थापनाका लागि प्रस्ताव पेस भएकोमा छनोट भएको वडाध्यक्ष अमर रोकायाले बताए।

सो वडाको रातेखोलामा रहेको करिब १५ हजार ८८२ वर्गमिटर क्षेत्रफलमा रहेको सार्वजनिक जग्गामा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल सरकारकोे मन्त्रिपरिषद्को यही फागुन ४ को निर्णयबाट स्वीकृत भई पारित भएको वडाध्यक्ष रोकायाले जानकारी दिए।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक ग्राम निर्माणको बारेमा प्रस्ताव राखेपछि सरकारको तर्फबाट स्वीकृत भएको हो। सरकारले प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ।