१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

चिकित्सा शिक्षा भर्ना प्रक्रिया विवाद : पुरानै म्याचिङ प्रणाली लागू हुने सर्वोच्चको फैसला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४१:oo

चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी)को भर्ना प्रक्रियामा भएको विवादमा सर्वोच्च अदालतले पुरानै म्याचिङ प्रणाली लागू हुने फैसला गरेको छ । बिहीबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले यसअघि जारी गरिएको अन्तरिम आदेश नै जारी रहने फैसला सुनाएको हो । सर्वोच्चले पुरानै कार्यविधिअनुसार भर्ना प्रक्रिया अगाडि बढाउन दिएको अन्तरिम आदेश कायम भएको फैसला गरेको हो । 

आयोगले चिकित्सा शिक्षाको स्नातकोत्तर तहतर्फको प्रवेश परीक्षा बीचैमा एमडी–एमएसको भर्नामा कार्यविधि परिवर्तन गरेपछि त्यसविरुद्ध विद्यार्थीले गत १४ पुसमा सर्वोच्चमा रिट दर्ता गरेका थिए । एमडी–एमएसका विद्यार्थीले विषय छनोटमा अटो अपग्रेड प्रणाली नै लागू हुनुपर्ने भन्दै चिकित्सा शिक्षा आयोगविरुद्ध रिट हालेका थिए । सर्वोच्चले तीन दिनपछि पुरानै म्याचिङ प्रणाली लागू गर्न अन्तरिम आदेश दिएको थियो ।

तर, चिकित्सा शिक्षा आयोगले म्याचिङ प्रणाली खारेज गरे पनि २६ पुसमा अन्तरिम आदेश खारेजको माग गर्दै भ्याकेट निवदेन दिएको थियो । बिहीबार सर्वोच्चले आयोगको मागबमोजिम नहुने फैसला सुनाएको हो । पिजीको एकीकृत प्रवेश परीक्षा २, ३ र ४ पुसमा लिइएको थियो ।

४ र ६ पुसमा नतिजा प्रकाशन भएपछि १४ गतेबाट म्याचिङ प्रक्रिया सुरु गरिएको थियो । सरकारी र विदेशीतर्फका सिटमा भर्ना सूची प्रकाशन गरिसकेपछि पुरानै कार्यविधिअनुसार म्याचिङ तथा भर्ना प्रक्रिया अघि बढाउन सर्वोच्चले अन्तरिम आदेश दिए पनि आयोगले २० पुसमै सूचना निकालेर सबै प्रक्रिया स्थगित गरेको थियो ।

ad
ad