१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १ सोमबार १७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

फागुन ३ देखि भृकुटीमण्डपमा छाला जुत्ता तथा वस्तु प्रदर्शनी मेला हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १ सोमबार १७:oo:oo

फागुन ३ गतेदेखि भृकुटीमण्डपमा आठौँ  बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी मेला हुने भएको छ। ‘कला र कौशल हाम्रो, नेपाली ब्रान्ड नै राम्रो’ भन्ने मूल नाराका साथ नेपाल छाला जुत्ता उत्पादक संघले मेला आयोजना गर्न लागेको हो।

फागुन ९ गतेसम्म चल्ने मेलाको महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरीले उद्घाटन गर्ने बताइएको छ। नेपाली साना घरेलु तथा लघु उद्योगहरूलाई आधुनिकीकरण गर्दै भविष्यमा विदेशी बजारमा समेत सुपरिचित गराउने मेलाको लक्ष्य रहेको आयोजकले जनाएको छ।

करिब ७० देखि ८० हजार दर्शक भित्र्याउने लक्ष्य रहेको मेलामा नयाँ मोडलका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ। जुत्तामा ६ महिनासम्मको वारेन्टी तथा चप्पल र  जुत्तामा १५ देखि २५ प्रतिशतसम्मको छुट पाइनुका साथै अपांगता भएका व्यक्तिहरूका लागि विशेष किसिमका जुत्ता चप्पलहरू उपलब्ध हुने बताइएको छ।

ad
ad
ad
ad