१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १ सोमबार
  • Friday, 27 September, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o७९ फाल्गुण १ सोमबार १६:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपा संसदीय दल र केन्द्रीय समिति बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण १ सोमबार १६:१३:oo

रास्वपा संसदीय दल र केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बैठक सुरु भएको हो ।

चितवन २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने विषयसहित समसामयिक राजनीति र संगठन विस्तारबारे छलफल हुने बताइएको छ । नागरिकताको विषयमा सर्वोच्चको फैसलासँगै पार्टी सभापति रवि लामिछानेको सांसद पद र मन्त्रालय गुमेपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।

यद्यपि, सो पार्टीले सरकारलाई समर्थन भने जारी राखेको छ । आजको बैठकमा सत्तारूढ दलहरूले सरकारमा सहभागी हुन गरेको आह्वानबारे पनि छलफल हुने बताइएको छ ।