मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ २५ बुधबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २५ बुधबार १७:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्वोच्चले माग्यो देउवालाई विपक्षी दलको नेता तोक्नुको कारण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २५ बुधबार १७:१५:oo

सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुको कारण मागेको छ। 

न्याायाधीश सुष्मालता माथेमाको इजलासले आज संघीय संसद् सचिवालयसँग देउवालाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुको कारण माग गरेको हो।

संसद् सचिवालयको निर्णयविरुद्ध अधिवक्ता विमल पोखरेलले रिट दायर गरेका थिए।

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएकाले  उसलाई विपक्षी दलको हैसियत प्राप्त नहुने दाबी गर्दै देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको नेता तोक्ने संसद् सचिवालयले दिएको मान्यता खारेज गर्न रिटमा माग गरिएको छ। 

रिट निवेदनमा विपक्षी बनाइएका सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय, कांग्रेस संसदीय दल, दलका नेता शेरबहादुर देउवा र संवैधानिक परिषद्लाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ।