मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २४ मंगलबार
  • Tuesday, 17 December, 2024
सौरभ यादव राजविराज
२o७९ माघ २४ मंगलबार ११:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक बोर्डको लगानीमा सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o७९ माघ २४ मंगलबार ११:४१:oo

सडक बोर्डको लगानीमा राजविराज नगरपालिकामा सडक निर्माण गुणस्तरहीन सामग्री प्रयोग भइरहेको पाइएकाे छ । वडा नम्बर २ स्थित बसपार्क सडकदेखि बिहारीको घरसम्म २७ लाखको निर्माणाधीन सडकमा गुणस्तरहीन  सामग्री  र मापदण्ड विपरीत कार्य भइरहेको पाइएको  हो ।

‘निर्माणाधीन सडकको माटोमाथि ढलान गरी गुणस्तरहीन सामग्री  प्रयोग भइरहेको छ,’ स्थानीय भुलर साह भने, ‘हामीले धेरैपटक गुणस्तरहीन सामग्री प्रयोग भइरहेको कुरा राखे पनि सुनुवाइ भएको छैन । बजेट सिध्याउन नै  निर्माण भइरहेको स्पष्ट देखिन्छ, सर्वसाधारणलाई अन्याेलमा राख्न होर्डिङसम्म नराखी हतार–हतारमा निर्माण कार्य भइरहेको छ ।’ 

योजनाको निर्माण सुरु गर्नुअघि नै निर्माणस्थलमा होर्डिङ बोर्ड (निर्माणाधीन योजनाको विस्तृत जानकारीसहितको पाटी) राख्नुपर्ने कानुनी प्रावधान छ । तर, २७ लाखको बजेटमा सडक निर्माण थालिए पनि सो स्थानमा होर्डिङ बोर्डसम्म राखिएको छैन।

सडकमा गुणस्तरहीन सामान प्रयोग हुँदासमेत कोही बोल्दैनन्, बजेटको दुरुपयोग गर्नुभन्दा बरु सास्ती नै सहन तयार रहेको नाम न छाप्ने सर्तमा एकजना स्थानीयले बताए । उनले भने, ‘यसरी बजेटको दुरुपयोग गर्नुभन्दा त बरु हामीलाई सकस नै ठीक छ ।’ सडकमा प्रयोग भइरहेको कमसल सामग्रीको स्थानीय सरकारले पनि रेखदेख गर्नुपर्नेमा कुनै वास्ता नगरेको उनले बताए । 

उता, नगरपालिका प्राविधिक अशोककुमार दासले  उपभोक्ता समितिको बचाउ गर्दै गुणस्तरहीन काम नभएको बताए । उनले भने, ‘त्यहा पुग्दा गुणस्तरहीन केही सामग्री थियो, पछि त्यो गुणस्तरहीन सामग्री हटायो, अहिले राम्रो काम हुँदै छ,’ उनले भने ।