
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्की र युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेन लियोनबीच भेटवार्ता भएको छ । त्यस क्रममा युक्रेनलाई संघले उपलब्ध गराउने सहयोगका विषयमा कुराकानी भएको बताइएको छ ।
युक्रेनी राष्ट्रपति जेलिन्स्कीले आफ्नो देशलाई निरन्तर सहयोग गरेकामा संघको सराहना गरे । उनले संघका अध्यक्ष युक्रेनको वस्तुस्थिति बुझ्न किएभ आउनु आफ्नो मुलुकका लागि महत्वपूर्ण भएको बताएका उनको प्रेस सेवाले जनाएको छ । संघका अध्यक्षले संघको सदस्यका लागि युक्रेन सन् २०२२ मा नै छानिएको विषयमा पनि जानकारी दिएका थिए ।
रुसी आक्रमणबाट तहसनहस भएको युक्रेनलाई विश्वका विभिन्न देशले सहयोग गर्दै आएका छन् । संघले पनि लामो समयदेखि किएभलाई आर्थिक एवं प्राविधिक सहायता प्रदान गर्दै आएको छ । यसअघि गत बुधबार मात्र अस्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर वान डेर बेलेनसँग जेलिन्स्कीले भेटवार्ता गरेका थिए ।