Skip This
अमेरिकाले एमसिसीमार्फत नेपालको आर्थिक विकासमा सहयोग गरिरहेको छ : उपविदेशमन्त्री 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १६ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १६ सोमबार १७:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अमेरिकाले एमसिसीमार्फत नेपालको आर्थिक विकासमा सहयोग गरिरहेको छ : उपविदेशमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १६ सोमबार १७:o४:oo

दुईदिने नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताएकी छिन्। 

सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएकी हुन्। नेपालको आर्थिक विकासमा अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनामार्फत सहयोग गरिरहेको पनि उनले उल्लेख गरिन्। 

अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साइबर क्राइमका क्षेत्रमा भइरहेको अपराधलाई रोक्न नयाँ टेक्नोलोजीमा सहयोग गर्ने विषयमा आगामी दिनमा झनै सशक्त बनाउँदै जाने उनकाे प्रतिबद्धता थियाे। 

नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि आपसी हितका विषयमा निरन्तरता दिने उनले जनाइन्। उपविदेशमन्त्री न्युल्यान्डले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पुर्‍याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउँदै जाने प्रतिबद्धता जनाइन्। 

सो अवसरमा उपविदेशमन्त्री न्युल्यान्डले पाटन दरबार स्क्वायरको समेत अवलोकन गरेकी थिइन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छिन्। नयाँ सरकार बनेपछि अमेरिकी सरकारको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो।