१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस लस एञ्जलस
२०७९ माघ १५ आइतबार ११:५२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

क्यालिफोर्नियामा हप्तामै दोस्रो गोलीकाण्ड, तीनको मृत्यु, चार घाइते

Read Time : < 1 मिनेट
रासस, लस एञ्जलस
२०७९ माघ १५ आइतबार ११:५२:००

अमेरिकाको क्यालिफोर्नियामा एक हप्तायता दोस्रोपटक गोलीकाण्ड भएको छ । शनिबार भएको यो पछिल्लो गोलीकाण्डमा परेर तीनजनाको ज्यान गएको छ भने अरू चारजना घाइते भएका छन् ।

लसएञ्जलसको छिमेकी बेभरली क्रेस्ट क्षेत्रमा स्थानीय समयअनुसार शनिबार बिहानीपख सो गोलीकाण्ड भएको थियो । गोली प्रहारमा परेर मारिनेमा दुई पुरुष र एक महिला छन् । घाइतेलाई नजिकैको अस्पताल लगिएको र उनीहरूको अवस्था गम्भीर रहेको केएबिसी टेलिभिजनले जनाएको छ ।

लसएञ्जलसको उक्त क्षेत्रको एक सडकमा एकजना व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ । सडकमा गुडिरहेको एक गाडीमाथि सो व्यक्तिले गोली प्रहार गरेका थिए । सवारीमा रहेका तीनजनाको ज्यान गएको थियो । त्यस्तै, सडकमा हिँडिरहेका अरू चारजना घाइते भएका पनि बताइएको छ ।

गोली प्रहार गर्ने व्यक्तिको खोजी प्रहरी गरेको बताइएको छ । लसएञ्जलसमा भएको एक हप्तायताकै यो दोस्रो गोली प्रहार हो । ६ दिनअघि एक रेस्टुरेन्टमा भएको गोली प्रहारमा परेर ११ जनाको ज्यान गएको थियो । त्यसपछि गत सोमबार मात्र पनि अर्को प्रहारमा परेर मानिसको ज्यान गएको थियो ।